राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जानकी मन्दिरमा पुजापाठ

राष्ट्रपति विद्यादेवी भण्डारी विवाहपञ्चमीका अवसरमा जनकपुरधाम पुग्नुभएकाे छ ।

साे अवसरमा उहाँले जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गर्नुभयाे भने विवाहपञ्चमीका अवसरमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत समेत गर्नुभएकाे छ ।

उहाँ भारतबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम पुग्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्याल लगायत उच्च पदस्थहरू जनकपुरधाम पुगेका छन् ।

शुक्रबार नै बाह्रविघा मैदानमा आयोजित भव्य कार्यक्रमकाबीच भारतको आयोध्याबाट आउने जन्तीलाई स्वागत गरिएकाे हाे ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवका अनुसार भारतीय जन्तीलाइ राष्ट्रपति, प्रदेशका मुख्यमन्त्री सहितले स्वागत गर्नुभएकाे हाे ।

भारतबाट आधुनिक गाडी, हात्ती, घोडालगायत सवारी प्रयोग गरी भारतीय जन्ती बिहीबार नै जनकपुरधाम आइपुगेका थिए ।

धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि भगवान राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेर रामसीताको विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएकाे छ ।

बुधबार जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी लीला र भगवान रामले धनुष तोडे जस्तै देखाएर धनुष यज्ञ सम्पन्न भएको हो ।

Facebook Comments