दुआथलनमा नेपाललाई स्वर्ण र रजत महिला दुआथलननमा स्वर्ण श्रीलंकालाई

पोखरामा भएको १३ औं साग अन्तर्गत दुआथलनमा नेपालले एक स्वर्ण पदक सहित तीन पदक हात पार्न सफल भएको छ । पोखराको लेकसाइडमा आज ( भएको ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौडमा नेपालले एक स्वर्ण सहित तीन वटा पदक हात पार्न सफल भएको हो ।

भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै नेपालका खेलाडीले एक स्वर्ण र दुई रजत सहित तीन पदक हात पार्न सफल भएका हुन् । पुरुष तर्फको डुवाथोलनमा नेपालका हिमाल टमटाले निर्धारीत दुरी ५७ मिनेट ३३ सेकेण्डमा पार गरी नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। त्यसै गरि नेपालका लक्ष्मण मल्लले रजत पदक जितेका छन्। उनले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गरी रजत पदक दिलाएका हुन्। श्रीलंकाका आशिथ परेराले निर्धारित दुरी ५९ मिनेट ३२ सेकेण्डमा पार गरी तेश्रो भए ।

१३ औं सागको महिला दुआथलनमा श्रीलंकाकी इरंगा दुलाक्षीले स्वर्ण पदक जितेकी छिन् । यो प्रतिस्पर्धाको रजत पदक भने नेपालकी हुमी बुढामगरको पोल्टोमा परेको छ । पोखराको लेकसाइडमा भएको यस इभेन्टमा श्रीलंकाकै उदया कुमारीले कास्य जितेकी छिन् । डुवाथोलनमा खेलाडीहरुले ५ किमी रनिङ, २० किमी स्वीमिङ र पुन २.५ किमी रनिङ गर्नुपर्छ ।

ट्रायथोलन नेपालका उपाध्यक्ष एवं गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालले लेकसाइडमा सम्पन हुने ट्रायथोलन अन्तगत स्वर्ण , रजत र कास्य पदक जित्ने नेपाली खेलाडीेलाई २५,१५ र १०हजार नगद दिने बताउनु भएको छ ।बाबा फाउडेशन लगायतको सहकार्यमा खेलाडीलाई हौषला स्वरुप आफुहरुले नगद दिने घोषणा गरेको सांसद कोइरालाले बताउनु भयो ।

Facebook Comments