कृषि क्षेत्र प्रदेशकाे प्राथमिकतामाः मुख्यमन्त्री गुरूङ

कफीको स्वाद र गुणस्तर परिक्षण गरी कफी बजारलाइ थप प्रतिस्पर्धी एब गुणस्तरीय बनाई नेपाली कफीलाइ उच्चस्तरीय बनाउने उदेश्यले राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, पोखरामा स्थापित राष्ट्रिय कफी कपिंग ल्याब (National Coffee Cupping Lab) को स्थापना गरिएकाे छ ।

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले साेमबार एक कार्यक्रमका बीच ल्यावकाे उद्घाटन गर्नु भएको हाे

कार्यक्रममा बाेल्दै मुख्यमन्त्री गुरूङले कृषि क्षेत्रलाइ गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेकाे बताउनुभयाे । उहाँले कफि कृषकहरूले ठाेस कार्यक्रम बनाएर प्रदेश सरकारसँग सहकार्य गर्न सक्ने बताउनुभयाे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले कृषि क्षेत्र त्यस माथि पनि मूख्य नगदे बालि चिया कफी र अलैचीलाइ प्राथमिकतामा राखेको बताउनुभयाे ।

बिश्व बजारमा कफीको स्वाद र गुणस्तर परिक्षण गरि मूल्यनिर्धारण गरिने हुनाले कफी कपिंग ल्याब अति आवश्यक मानिन्छ ।

कफी कपिंग ल्याब उद्धघाटन कार्यक्रमको अध्क्ष्यता रास्ट्रीय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक दिपक खनालले गर्नु भएको थियो ।

त्यसै गरि कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. बिष्णु बराल, पोखरा मनपाका प्रबता धनबहादुर नेपाली, खाद् प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख, नेपाल कफी ब्यबसायिक महासंघका महासचिब, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, अनुसन्धान प्रमुख, बिभिन्न जिल्ला कफी सहकारी संघका अध्क्ष्यहरु लगायत करिब १२० जना कफी कृषकहरुको सहभागिता रहेको थियो ।

रास्ट्रिय चिया तथा कफी बिकास बोर्ड, पोखराले उत्पादन र गुणस्तर प्रबिधि संगसंगै काम गरेकोमा धन्यबाद ज्ञापन गर्नु भयो । कफीको उत्पादन वृद्धिलाई ध्यानमा राख्दै अगाडी बढ्न र ब्यबसायिक कृषक बन्न पनि उहाले आग्रह गर्नु भयो ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. बिष्णु बरालले प्रदेशको नीति तथा योजनामा ब्यबसायिक कफी खेति मूख्य प्राथमिकता रहेको र सोहि अनुरुप  बजेट बिनियोजन भएको बताउनुभयो ।

सो अवसरमा पोखरा मनपाका प्रबता धनबहादुर नेपालीले कफी कपिंग ल्याब पोखरा मनपाको पनि एउटा मूख्य गहना भएकाले यसको सम्रक्षण तथा प्रबधनमा लाग्नु हामी सबैको दायित्व भएको बताउनु भयो ।

सो कार्यक्रममा बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, कफी ब्यबसायी संघका महासचिब, कफी कृषकलगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा रास्ट्रीय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक दीपक खनालले बोर्डले न्यून बजेट र श्रोतसाधनका बीच नेपालमा कफी बिस्तार गरि उत्पादन वृद्धिमा स्थानीय पालिका र प्रदेश संग समन्वय गर्दै कार्यक्रम अगाडी बढाएको बताउनु भयो ।

नेपालको जम्मा उत्पादन ५३० मेट्रिक टन रहेको र नेपालमा करिब १२ लाख हेक्टरमा कफी खेति गर्न सकिने कुरा बताउनुभयो ।

कार्यक्रममा नेपालमै सबै भन्दा बढी १२० केजी कफी प्रतिबोट फलाउने अन्नपूर्ण १, ढिकुरपोखरी, कास्कीका कृषक आनन्द अधिकारीलाइ सम्मान गरिएको थियो |

कार्यक्रमको संचालन नगेन्द्र सुबेदीले गर्नु भएको थियो भने स्वागत बोर्डका नि. क्षेत्रिय् निर्देशक चन्द्र पुरीले गर्नु भयेको थियो । सो अवसरमा मूख्यमन्त्री गुरुङले आफ्नो नाममा कफी रोपण गरिएको थियो ।

Facebook Comments