युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित

पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनुभएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गर्नुभएको हो ।

युआरएले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ ।
नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् ।

सामाजिक विकास मन्त्री पुनमगरले नागरिकलाई स्वास्थ्यबारे चेतना दिने र सित्तैमा शिविर गर्ने सरकारको काम गरेकोमा युआरएललाई धन्यवाद दिनुभयो ।

उहाँले नागरिकलाई स्वस्थ बनाउन आमाहरुलाई स्वास्थ्यबारे सचेतना जरुरी भएको बताउनुभयो ।

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रवीन्द्रप्रसादश्रेष्ठले प्रयोगशाला र चिकित्सक एकअर्काका परिपूरक भएको उल्लेख गर्नुभयो ।

अफिन अध्यक्ष अशोक पालिखेले स्वास्थ्य संस्था सञ्चालनमा अनेक व्यवधान रहेको उल्लेख गर्नुभयो ।

युआरएलका अध्यक्ष शुशील थापाले संसारमा रगतका करिब ३ हजार थरि परीक्षण हुने उल्लेख गर्दै गण्डकी प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बताउनुभयो ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ६ वर्षको अवधिमा ५८ हजारभन्दा बढीलाई निशुल्क सेवा दिएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु व्यवसायीको कर्तव्य भएको बताउनुभयो ।

समारोहमा २०७६ को उत्कृष्ट कर्मचारी पुरस्कारबाट दमौली शाखा प्रमुख आशीष श्रेष्ठलाई सम्मान गरियो । दुलेगौंडा र दमौलीमा युआरएलका शाखा छन् ।

Facebook Comments