साग फुटबलमा नेपाल चाैंथाेपटक च्याम्पियन

दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल चाैंथाेपटक च्याम्पियन बनेको छ।

काठमाण्डाैकाे दशरथ रंगशालामा मंगलबार भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो।

नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए।

खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट थपेकाे गोल नै खेलका लागि अन्तिम गोल बन्न पुगेकाे हाे ।  

तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो।

Facebook Comments