बेलायतमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत

बेलायतमा  बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ।

शुक्रबार अपरान्हसम्म अधिकांश स्थानको मतगणना भइसकेको छ।

बेलायती प्रसारण संस्था (बिबिसी) का अनुसार चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३६३ सिट जितिसकेको छ। यसअघिभन्दा ४७ सिट बढी ल्याउँदै कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत हाँसिल गरेकाे हाे । याे ३२ वर्षकै सबैभन्दा बढी हाे ।

विपक्षी लेबर पार्टीले भने २०३ सिटमा खुम्चिएकाे छ । यसअघिकाे ५९ सिट गुमाउँदै २०३ सिटमा मात्र लेबर पार्टीले जित निकालेकाे हाे । लेबरकाे ८५ बर्ष यताकै खराब नतिजा हाे ।

अक्टोबर ३१ सम्म बेलायतलाई युरोपियन युनियन इयूबाट बाहिर निकाल्ने वाचा गरेर  प्रधानमन्त्री बनेका जोन्सनले उक्त योजनामा सफलता नपाएपछि चुनाव घोषणा गर्नुभएकेा थियाे ।

आफ्नो पक्षमा स्पष्ट बहुमत आएपछि प्रधानमन्त्री जोन्सनले बेलायतलाई  इयूबाट बाहिरिने स्पष्ट जनादेश प्राप्त भएको र साे अनुसार काम गर्ने बताउनुभयाे ।

अर्को महिना नै बेलायत इयूबाट बाहिरिने जाेन्सनकाे भनाइ छ । निर्वाचनकाे नतिजापछि अमेरिका, चीन लगायतका मुलुकले जाेन्सन र कन्जरभेटिभ पार्टीलाइ बधाइ दिदैं सहकार्य सुखद हुने अपेक्षा रहेकाे उल्लेख गरेका छन् ।

Facebook Comments