बर्षात र हिमपातले चिसाे बढ्याे

 उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले गर्दा जनजीवन कष्टकर बनेकाे छ । पाेखरा, चितवन, नवलपुर, तनहुँ, गाेर्खा लगायतका जिल्लाहरूमा हल्का बर्षात भएकाे छ ।

मुस्ताङ, मनाङ, गाेर्खा, लगायतकाे हिमाली र पहाडी जिल्लाहरूमा भने हिमपात भएकाे छ ।

मुस्ताङमा रहेका नदि तथा ताल हरूमा अत्याधिक चिसाेका कारण पानी जमेकाे छ ।

माैषम जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। 

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने विभागले जनाएकाे छ ।

विभागका अनुसार देशका पश्चिमी भू-भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ।

त्यस्तै शुक्रबारकाे रातमा देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना पनि विभागले जनाएकाे छ ।

 शनिबार र आइतबारसम्म पनि देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेकाे विभागले जनाएकाे छ। विभागका अनुसार उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

विभागले तराईका जिल्लामा शितलहरकाे संभावना नरहेकाे जनाएकाे छ ।

हवाइ सेवा अवरूद्ध

 पहाडी र हिमाली भेगमा रहेका विमानस्थलमा हवाइ सेवा समेत अवरूद्ध भएकाे छ ।

हिमाली भेगमा हिमपात र हुस्सुका कारण हवाई सेवा अवरुद्ध भएको हाे ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हुने उडान–अवतरण भने पूर्ववत सञ्चालनमा रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Facebook Comments