विकास गर्ने भनेकै कम्युनिष्ट सरकारले हो : कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले देशको विकास गर्ने भनेकै कम्युनिष्ट सरकारले रहेको बताउनु भएको छ ।

आज पोखरा ३२ बयरघारीमा टोल विकास सस्थाको भवन र फलामे पुलको उद्घाटन गर्दे सभापति कोइरालाले सो कुरा बताउनु भएको हो ।

कम्युनिष्ट सरकारले सुकुम्बासी बस्तीलाई ब्यबस्थित गरेर लैजाने बताउनुभयो । उहाँले संविधानमै सवै नागरिकलाई आवासको हक हुने छ भनेकोले सरकारले सवै आवास विहिनहरुलाई आवासको ब्यबस्था गर्ने बताउनुभयो ।

वडानं ३२मा काग्रेसको वडाअध्यक्ष भएकोले काग्रेस बाट सुकुम्बासी बस्तीमा योजना परेनन भनेर गुनासो नगर्न आग्रह गर्नुभयो ।

काग्रेस पुंजीपतिको पार्टी भएकोले गरिव किसान सुकुम्बासी दलित ,महिला उनिहरुको प्राथामिकतामा नपर्ने बताउनुभयो ।

बयरघारी टोलका स्थानीयले देउसी भैलो खेलेर भवन र पुल बनाएको भन्दै सभापति कोइरालाले आगामी बजेटमा प्रदेश सरकारले बयरघारी टोलमा बाटो र मोटरेवल पुल निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

नेकपा जिल्ला सदस्य खेम पुनले सुकुम्बासीलाई लालपुर्जा नहुने बेला सम्म नेपाल सुखी नेपाली समृद्ध नेपाल सम्भव नहुने बताउनुभयो ।

नेकपा जिल्ला सदस्य हरि लामिछाने ,अखिल नेपाल सुकुम्बासी संघका कास्की उपाध्यक्ष धन बहादुर विक,टोल विकास सस्थाका सचिव पदमदेव शाही लगायतले बोल्नुभएको कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो ।

स्थानीयहरुको स्थानीय खोलामा मोटरबल पुल नहुदा आवतजावतमा समस्या भएको बताएका थिए । २०७३ सालमा पुल बनाउन दुवै साइडमा फाउण्डेशन निर्माण गरेर पनि बजेट अभावले काम नभएको बताए ।

Facebook Comments