लेखनाथमा फुटसल शुरु

लेखनाथ जुनियर जेसीजको आयोजनामा लेखनाथमा फुटसल प्रतियोगिता शुरु भएको छ ।

दोस्रो लेखनाथ जुनियर जेसीज कप फुटसलको उदघाटन गर्दै गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक)ले फुटबलका खेलाडी फुटसलबाटै उत्पादन हुने बताउनुभयाे ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले खेलाडीहरुलाई खेलेरै जिविको पार्जन गर्ने वातवरण सरकारले विस्तारै तयार पार्दे लैजानुपर्ने बताउनुभयाे । उहाँले साग गेमको नतिजा र सरकारले गरेको सम्मानले पनि त्यसकाे संकेत मिलेकाे बताउनुभयाे ।

अन्तर क्बल स्तरीय हुनु खेलमा ८ टिमको सहभागिता रहेको लेखनाथ जुनियर जेसीजका अध्यक्ष सवेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समुहलाई १२ हजार, प्रमाण पत्र , मेडल र टर्फी रहेको छ भने दित्तिय हुनेलाई ७ हजार साथमा प्रमाण पत्र मेडल र टर्फी रहेको छ ।

Facebook Comments