लेखनाथ महाेत्सवकाे तयारी पुरा

लेखनाथ महोत्सवको तयारी पुरा भएकाे बताइएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महाेत्सवकाे तयारी पुरा भएकाे पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएकाे हाे ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संबृद्धि’ नाराका साथ पुस ३ देखि १५ गतेसम्म १६औं सस्करणको लेखनाथ महोत्सव हुँदैछ ।

समग्र गण्डकी प्रदेश कै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको आयाेजक लेखनाथ उद्याेग बाणिज्य संघले जनाएकाे छ ।

यसअघि मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा दिइएकाे जानकारी अनुसार महोत्सवमा रहने ३ सय ४० स्टलहरुमा सबै स्टल बुकिङ भइसकेका छन् ।

राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका स्टलहरु समावेश गरिएकाे छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागिता रहने बताइएकाे छ ।

कृषिलाई व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउँदै सिप सिक्ने र सिकाउने थलोको रुपमा विकास गराउने लक्ष्य राखिएको संघका अध्यक्ष तथा महोत्सव मूल संयोजक बलराम ढकालले जानकारी दिनुभयाे ।

महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

महोत्सवमा करिव एक करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ भने खर्च १ कराेड १० लाख हुने अनुमान छ ।

बचत हुने रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयाे ।

महोत्सवलाई व्यवस्थित र प्रभावकारी तरिकाले संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, २८ सदस्यीय सल्लाहकार समिति, विभिन्न ३३ वटा उप समिति र एक सय २३ सदस्सीय कार्यसम्पादन समिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्याइएको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिनुभयाे ।

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलताका लागि शैक्षिक प्रदर्शनी र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने उद्देश्य रहेकाे आयोजककाे भनाइ छ ।

महोत्सवले आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ ।

Facebook Comments