चितवनकाे साैराहामा हात्ती महाेत्सव सुरू

चितवनकाे साैराहामा हात्ती महाेत्सव सुरू भएकाे छ । विहीबारबाट सुरू भएकाे हात्ती महाेत्सवकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएकाे हाे ।

पशु अधिकारकर्मीहरूले हात्ती महोत्सव र हात्ती सफारीप्रति असन्तुष्टि जनाएकाेप्रति इंगित गर्दै नेकपा अध्यक्ष प्रचण्डले जंगल सफारी, हात्ती सफारीले मानिस र जनावरवीच मित्रता बढाएकाे जिकीर गर्नुभयाे ।

उहाँले केही व्यक्तिहरूले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोजेकाे भन्दै त्यसलाइ दुखद पक्षकाे संज्ञा दिनुभयाे ।

महोत्सवको तयारी गर्दा मानिसले वर्ष दिनभरी हात्तीलाई कसरी मोटो, राम्रो र सुन्दर बनाउन मेहनत गर्ने र महोत्सवमार्फत हात्तीले व्यवसायमा लाभ गराउने प्रचण्डकाे भनाइ थियाे ।

हात्तीको प्रयोग प्रकृतिको नियम अनुसार नै भइरहेकाे प्रचण्डकाे तर्क छ । पशु अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले महोत्सवका नाममा हात्तीलाई यातना दिने गरिएको भन्दै विरोध गर्दै आएका छन् ।

Facebook Comments