फेवाताल संरक्षणका लागि सिल्टेसन ड्याम बनाइने

फेवाताल जोगाउन सिल्टेसन ड्याम (थिग्राउने पोखरी ) बनाइने भएकाे छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाकाे आधा/आधा लगानीमा ५ वटा सिल्टेसन ड्याम बनाउन लागिएकाे हाे ।

फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी ताल पुरिँदै गएपछि संरक्षणका लागि भन्दै ड्याम बनाउन लागिएकाे हाे ।

ड्याम निर्माणपछि फेवातालमा जाने ढल, ढुङ्गा, माटो र पानी समेतलाई पोखरीमा जम्मा गर्ने र त्यहाँबाट सफा पानी मात्र फेवातालमा पठाउन मिल्ने बताइएकाे छ ।

पाेखरा महानगरका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेका अनुसार जलाधार क्षेत्रमा बाढीसँगै ढल बगेर फेवाताल जाने ठाउँहरुमा ५ वटा थिग्राउने पोखरी बनाउन सम्झौता गरिएकाे छ ।

फेवा जलाधार क्षेत्रकाे बेतयानी खोला, घाँटीछिना, लाैरूक, अँधेरीकुनामा ड्याम बनाइनेछ । यी पाँच स्थानमा बन्ने सिल्टेसन ड्यामकाे लागत ३४ करोड ४९ लाख रुपैयाँ रहेकाे छ । साे रकम बराबरकाे ठेक्का सम्झौता समेत भइसकेको छ। पाेखरीमा जम्मा हुने गेग्रान निकालेर बेच्ने महानगरकाे याेजना रहेकाे छ ।

Facebook Comments