तालमा व्यवसायिक माछापालन गर्नुपर्छः सभापति काेइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले ताल तलैयामा व्यवसायिक रूपमा माछापालन गर्नुपर्ने बताउनुभएकाे छ ।

बेगनासतालमा माछाका भुरा छाड्ने कार्यक्रमलाइ सम्बाेधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएको हाे ।

बेगनास मत्स्य ब्यवसायी समितिले आयोजना गरेको तालमा माछाका भुरा छाड्ने कार्यक्रममा माछा छाड्दै कोइरालाले माछामा आत्म निर्भर बनाउ सवै तालमा माछा पालन गर्नुको विकल्प नभएको बताउनुभयो ।

कोइरालाले पहिले पहिले तालमा माछाका भुरा मात्रै छाड्ने गरेको जानकारी आफुलाई रहेपनि अहिले भने झण्डै आधा केजीकै माछा पनि छोडिएकोले उत्पादन बढि लिन सकिने विश्वास व्यक्त गर्नुभयाे ।

तालको माछा मारेर, डुङगा चलाएर जिविको पार्जन गर्नेहरुलाई पनि स्थानीय सरकार, प्रदेश र संघिय सरकारले विशेष ख्याल गर्नुपर्ने कोइरालाको जोड थियो ।

कोइरालाले पुर्खादेखि तालमा माछा मारेर जिविको पार्जन गर्ने समुदायलाई अप्ठेरो पर्ने गरि कुनै पनि सरकारले निर्णय नगर्ने बताउनु भयो ।

शुक्रबार बेगनासमा २ लाख मुल्य बराबरको माछा भुरा छोडिएको बेगनास मत्सय ब्यबसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले जानकारी दिनुभयो ।

बुढीऔंला देखि आधा केजी सम्मको झण्डै १ सय ६७ केजी माछा छाडिएको सचिव झलक जलारीले बताउनु भयो ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले माछा र पानीको सम्बन्ध जस्तै जलारी समुदाय र तालको सम्बन्ध रहेको जनाउदै तालमा माछा छोड्ने कामलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख एकवाल हुसेन,माछा विज्ञ प्रेम बहादुर शाही, लेखनाथ होटल ब्यबसायी समितिका अध्यक्ष कृष्ण तिमिल्सना, बेगनास डुङा ब्यबसायी समितिका अध्यक्ष सोमराज कंडेल लगायतले बोल्नु भएको थियो ।

बेगनासतालबाट अहिले बर्षेनी १५ देखि २० मेट्रिक टन माछा उत्पादन हुदै आएपनि ब्यबस्थित किसीमले पाल्नेहो भने बेगनास तालबाट मात्रै ४० मेट्रिक टन भन्दा बढि माछा पाल्न सकिने विज्ञहरुको भनाई रहेको छ ।

Facebook Comments