अमेरिकाकाे हवाइ हमलामा परी इरानी क्विड फाेर्स प्रमुखकाे मृत्यु

अमेरिकाले बिहीबार राती इराकको राजधानी बगदादमा रहेकाे अन्तर्राष्ट्रिय विमास्थलमा गरेको हवाई हमलामा इरानको क्विड फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएकाे बताइएकाे छ ।

हमलामा सुलेमानीसँगै पपुलर मोबिलाइजेसन फोर्सका डेपुटी कमान्डर अबु मेहदी पनि मारिएकाे बताइएकाे छ । क्विड सिधै इरानका सर्वोच्च नेता आयोतुल्ला खुमेनीको नेतृत्वमा रहने बताइन्छ।

भ्वाइस अफ अमेरिकाले उच्च इरानी राजनीतिज्ञ तथा सुरक्षा अधिकारीको हवाला दिदैं सुलेमानी र मेहदी मारिएको जिकीर गरेकाे छ ।

इरानको राज्य नियन्त्रित टेलिभिजनले पनि उनीहरु मारिएको समाचारमा उल्लेख गरेकाे छ ।

सुलेमानीले सन् १९९८ देखी क्विडको नेतृत्व गर्दै आएकाे बताइन्छ ।

अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको वक्त्वयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनमाले अमेरिकाको सुरक्षाका खातिर यो रक्षात्मक कारवाही गरेको उल्लेख छ ।

जनरल सुलेमानीले पछिल्ला कयौं महिनादेखि आफू र आफ्ना गटबन्धन्धहरु विरूद्ध हमला गराइरहेको र यसमा २७ डिसेम्बरमा गरिएको हमला पनि रहेको अमेरिकाले जारी वक्त्व्यमा भनेको छ।

हवाइ हमला भविष्यमा इरानले गर्नसक्ने हमलाका योजनालाई रोक्ने उद्देश्यले गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

इरानले भने अमेरिकाले गरेकाे याे कदमकाे चर्काे मुल्य चुकाउनुपर्ने चेतावनी दिएकाे छ ।

Facebook Comments