पाकिस्तानकाे आकाश प्रयोग नगर्न एयर लाईन्सहरुलाई अमेरिकाकाे निर्देशन

अमेरिकाले आफ्ना देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न निर्देशन जारी गरेको छ ।

पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशानामा पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिएकाे हाे ।

बालाकोट स्ट्राइकपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय उडानहरुलाई कडाई गर्दै आएको छ । 

पाकिस्तानले भारतको लागि एयरस्पेस बन्द गरेपछि ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरिरहेको छ । 

यदि अमेरिकाले आफ्नो देशका एयरलाइन्सहरुलाई पाकिस्तानको एयरस्पेस (हवाईमार्ग) प्रयोग गर्नबाट रोक्यो भने पाकिस्तानले झन् ठूलो समस्या भोग्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यसअघि पाकिस्तानले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीका विमानलाई समेत आफ्नो आकाशबाट उडान भर्न दिएकाे थिएन ।

Facebook Comments