गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सहयाेग जुटाउन महायज्ञ गरिने

चितवनमा बनाउन लागिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गरिने भएकाे छ ।

रंगशाला निर्माण कार्य शुरू भए पनि तीन अर्ब लागत लाग्ने अनुमान गरिएकाे रंगशाला निर्माणका लागि बजेट जुटाउन विभिन्न श्राेत खाेज्ने कार्य जारी छ ।

धुर्मुस-सुन्तली फाउण्डेसनले सहयाेग जुटाउन रंगशाला निर्माणस्थल परिसरमा धनधान्याञ्चल महायज्ञ गर्न लागेकाे हाे ।

धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ सञ्चालनकाे तयारी भइरहेकाे छ ।

भरतपुर महानगरको रामपुरस्थित कृषि, वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको २० विगाहा क्षेत्रफलमा रंगशाला निर्माण सुरू गरिएको हो।

रंगशाला निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय तह, सामाजिक संघ संस्था, निजी क्षेत्रका तर्फबाट सहयाेग दिने क्रम जारी रहेकाे छ ।

Facebook Comments