राजीनामा उपसभामुककाे स्वविवेकीय अधिकारः प्रमुख सचेतक गुरूङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्ने या नगर्ने उहाँकाे स्वविवेकीय अधिकार भएकाे बताउनुभएकाे छ ।

साथै नेता गुरूङले उपसभामुख पदमा रहेर सभामुखको उम्मेदवार बन्न नमिल्ने भन्दै सभामुख पदमा उम्मेदवार बन्ने भएमा राजीनामा दिनुपर्ने बताउनुभयाे ।

राजधानीमा भएकाे एक कार्यक्रममा मुलुकमा पछिल्लाे समयमा राजनीतिक चलखेल बढेकाे नेता गरूङले टिप्पणी गर्नुभयाे ।

संसद अवरूद्ध अवस्थामा पुग्नु दुःखद भएकाे भन्दै उहाँले अहिलेकाे गतिराेध राजनीतिक मात्र नभइ संवैधानिक पनि रहेकाे उल्लेख गर्नुभयाे ।

संविधानमा सभामुख पद खाली हुने परिकल्पना र उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको स्पष्ट नेता गुरूङले स्पष्ट पार्नुभयाे ।

उहाँले उपसभामुख जस्ताे संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्वीकार्य नहुने भन्दै तुम्बाहाङ्फेकाे अडानप्रति असन्तुष्टी प्रकट गर्नुभयाे ।

Facebook Comments