मर्स्याङ्दी गाउँपालिका गाउँसभा सम्पन्न

मर्स्याङ्दी गाउँपालिकाको आ.व.२०७६/७७ को दोस्रो गाउँसभा साेमबार सम्पन्न भएको छ ।

गाउँसभाबाट आ.व.२०७६÷७७ को संघिय सरकारबाट प्राप्त राजस्व ५० लाख १२ हजार, ६ सय ५८ रुपैया र समपुरक अनुदानबाट प्राप्त रु २९ लाख रुपैया थप भएको र केही योजनाहरु संसोधन गरिएकाे छ ।

सभाबाट स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ र मस्र्याङ्दी गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ र स्थानीय शिक्षा ऐन २०७५ संसोधन सर्वसम्मतले पारित भएको छ ।

समृद्धि र विकासमा जनप्रतिनिधी,स्थानीय राजनीतिक दल,कर्मचारी लगायत सबैको सकारात्मक भूमिका रहने गाउँपालिकाले जनाएकाे छ ।

Facebook Comments