स्वास्थ्यप्रति सचेतना बढ्दैछः सभापति कोइराला

पोखराको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा अन्तराष्ट्रिय सेवा सुविधा सहितको निःशुल्क वृहत स्वास्थ्य शिविर शुरुभएको छ ।

शिविरको गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले एक कार्यक्रमका विच शुभारम्भ गर्नुभयो ।

सभापति कोइरालाले अशान मेडिकल सेन्टर दक्षिण कोरियाको नेतृत्व गर्दे आउनु भएका डाक्टर चा हेयुङ वनलाई बल्ड प्रेसर सेट हस्तान्तरण गरेर शिविरको उद्घाटन गर्नुभएको हो ।

सभापति कोइरालाले अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका मेडिकलका डाक्टरहरुबाट आफ्नै घर आगनमा सेवा लिने अवसर पाउनु राम्राे रहेको बताउनुभयो ।

कोइरालाले निशुल्क शिविले स्वास्थ्य प्रति आम मान्छेलाई सचेत गराउने बताउनुभयो । हामी नेपालीहरु पहिले पहिले विरामी भएपछि मात्र अस्पताल जाने गरेपनि हिजो आज स्वास्थ्यप्रति सचेतना बढ्दै गएको बताउनु भयो ।

आफ्नो निर्वाचन क्षेत्रमा बृहत निःशुल्क शिविर सञ्चालन गरेको अशान मेडिकल सेन्टर दक्षिण कोरियाको टिमलाई धन्यबाद दिदै आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

शिविर ल्याउन, ब्यबस्थापन गर्न सहयोग र पहल गर्ने सवैप्रति आभार प्रकट गर्नुभयो । सोमबार देखि शुरुभएको शिविर बुधबार सम्म चल्ने छ ।

अशान मेडिकल सेन्टर दक्षिण कोरियाको प्राविधि सहयोग र लेखनाथ सामुदायिक लायन्स अस्पतालको ब्यवस्थापनमा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविरमा कोरियाका ३८ जना डाक्टर र अन्य गरी ७० जनाको समुहले सेवादिने बताइएको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश भटराईले दुई हजार एक सय जनाले नाम दर्ता गराएको बताउनुभयो ।

दिनमा सातसय जनाको स्वास्थ्य जाँच गरिने बताएको छ । शिविरमा जनरल मेडिसिन,सर्जरी,मुटुरोग,आँखा उपचार, हाड जोर्नी,नसा तथा छाला, स्त्री रोग लगाएतका विरामीको चेक जाच र निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ ।

गम्भीर मुटुरोग लागेका पाँच जना बच्चाहरुलाई अभिभावको साथमा दक्षिण कोरियामा लगेर निुःशुल्क मुटुरोगको उपचार गर्ने ब्यवस्था समेत मिलाईएको छ ।

कार्यक्रममा शिविरको लागि पहल गर्नुभएका विमल बराल, वडानं ३०का वडा सदस्य सोमप्रसाद कडेल लगायतले बोल्नु भएको कार्यक्रममा लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको थियो ।

Facebook Comments