कास्कीमा प्रहरीका लागि व्यारेक भवन बन्ने

जिल्ला प्रहरी कार्यालय कास्कीको हातामा अधिकृत र जुनियर प्रहरी अधिकृत व्यारेक भवन र हिरासत कक्ष बन्ने भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यारेक भवन र हिरासत कक्षको शिलान्यास गर्नुभएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय वैदाममा पनि प्रहरी कार्यालय र व्यारेक भवन निर्माण कार्यको पोखराका महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रहरी महानिरीक्षक खनालले संयुक्त रुपमा निर्माण कार्यको शिलान्यस गर्नुभयो ।

सो अवसरमा नागरिकसँगको सहकार्यमा साझेदारी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।

Facebook Comments