नहर मान्छे मार्ने धराप जस्ताे भयो: सभापति कोइराला

गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छे मार्ने धराप जस्तो भएको टिप्पणी गर्नुभएकाे छ ।

प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा बोल्दै सभापति कोइरालाले २०७४ असोज देखि २०७६ पौष सम्म नहरमा परेर १८ जनाको मृत्यु भएको बताउनुभयो ।

२ बर्षको बच्चादेखि ८० बर्ष सम्म ज्येष्ठ नागरिक नहरमा परेर ज्यान गुमाउनु परेको भन्दै कोइरालाले नहरलाई ब्यबस्थापन गर्न सभामुख मार्फत प्रदेश सरकारलाई महानगर संग सहकार्य गरेर समाधान गर्न आग्रह गर्नुभयो ।

अधिकास ठाउँमा नहर खुल्ला भएकोले नहर मान्छेमार्ने धराप भयो कोइरालाले भन्नुभयो । कोइरालाले पोखरा २७ खरानेमा रहेको नहरमा परेर २ बर्षका बालक प्रेम शर्मा,पोखरा १४मझेरीपाटनको नहरमा परेर २ बर्षिय सुहानी परियार, पोखरा २६ सेती नहमा परेर घैटोखोरका ४ बर्षिय बालक अन्जित गुरुङ, पोखरा ५ प्रस्याङमा ४ बर्षिय सृजना सुवेदीको मालेपाटनमा रहेको नहरमा खसेर मत्यु भएको बताउनु भयो ।

कोइरालाले १० महिना अगाडी पोखरा १२ सेती नहरमा परेर संगित कर्मी श्रीमान थुलुङराईलाई गुमाउनु परेको स्मरण गराउनु भयो ।

कोइरालाले विकास गर्नुपर्छ तर त्यही विकास मान्छे मार्ने हुनुहुदैन भन्नु भयो । कोइरालाले मोटर साइकलमा हिड्दै गर्दा विजुली तार चुडिएर शिक्षक विष्णु बस्ताकोटीले ज्यान गुमाउनु परेको भन्दै विकास ब्यबस्थित र जोखिम कम हुनेगरि गराउनु पर्ने बताउनु भयो ।

जन्मेपछि मत्यु अबश्यक हुन्छ तर मानबले निर्माण गरेका विकासको कमजोरीको कारण अकालमा ज्यान जानु दुखद भएको भन्दै विकास गर्दा मानवीय सुरक्षा मुख्य प्राथामिकतामा राख्नु पर्ने बताउनु भयो ।

Facebook Comments