बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न: मन्त्री गुरुङ

दशौ पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताउनुभएकाे छ ।

युनाईटेड क्लव, पाेखराको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले पोखराको ३०, ३१ र ३२ मा रहेको पचभैया, चैनपुर चायापानी सामुदायिक बनमा निर्माणाधिन पोखरा जुलोजिकल पार्क गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा लिएकाे बताउनुभयाे ।

उहाँले जलाेजिकल पार्कको निर्माणलाई पूर्णता दिन प्रदेश सरकारले अपनत्व लिएर काम गर्ने बताउनुभयाे ।

पोखरामा आयोजना हुने मेला महोत्सवले पोखराको आर्थिक विकासमा टेवा पुग्ने वताउदै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

पोखरा महोत्सवको मुख्य प्रायोजक हिम श्री फुड्सका बजार ब्यवस्थापक गोपाल केसीले पोखरा महोत्सवलाई विगतका वर्षहरुदेखी सहयोग गर्दै आएको र दशौ संस्करणमा आइपुग्दा आफुहरुले मुख्य प्रायोजकको रुपमा रही युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउँनुभयाे ।

महोत्सवको समान समारोह आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गर्नुभएकाे थियाे ।

प्रमुख अतिथी गुरुङ संगै, क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल सहित क्लवका पदाधिकारीहरुले संयुक्त रुपमा दशौ पोखरा महोत्सव २०७६ वाई वाई एघारौ पोखरा महोत्सव २०७७ हाइ हाइ भन्ने ब्यानर जडित बेलुन उडाएर महोत्सवको समापन गरिएको थियो ।

पुसको २९ देखी माघको १२ सम्म १३ दिन सञ्चालित महोत्सवमा दर्शकको उल्लेख्य साथ रहेकाे आयाेजकले बताएकाे छ ।

महोत्सव स्थल भित्र रहेको होमस्टेको प्रवर्द्धनका लागी राखिएको लम्जुङको पुरानोकोट होमस्टेको ब्यापक प्रचार समेत भयो ।

महोत्सवमा राखिएको थप आकर्षकको रुपमा रहेको पोखरा भ्यु टावरबाट दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यसैगरी महोत्सवमा प्रदर्शनमा राखिएको शिक्षा मुलक सन्देश प्रदान गर्ने कखरा वृत्तचित्रले दर्शकको मन जित्न सफल भयो ।

महोत्सवको अन्तिम दिन लोकदोहारीबाट ख्याति कमाएकी कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरी घम्साघम्सीमा दर्शकले भरपुर मनोरन्जन लिए ।

घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुतीमा दर्शकले मनोरन्जन लिएका थिएभने संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती र सांझको पप तथा लाई कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुतीमा युुवाहरु झुमेर नाचे ।

महोत्सवबाट आम्दानी भइ बचेको रकमबाट युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको क्षेत्रमा पोखराको लेखनाथ पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्क निर्माण र सेती नदी संरक्षणमा खर्चिदै आइरहेको छ ।

Facebook Comments