पोखरा—विराटनगर हवाई सेवा शुरु

गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेश नं. १को राजधानी विराटनगरवीच सिधा हवाई सेवा शुरु भएको छ ।

सोमबार बुद्ध एयर को १८ सिट क्षमताको नाईन एन् ए ई डब्लुजहाजले विराटनगर बाट पोखरापहिलो पटक उडान गरेको हो ।

बुद्ध एयरले हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार पोखरा—विराटनगर जहाज सेवा सञ्चालन गर्ने जनाएको छ ।

दुवै प्रदेश पर्यटनको प्रचुर संभावनाभएको प्रदेश भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक अदानप्रदानमा सहयोग पुग्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार र प्रदेश नं. १ सरकारले पोखरा—विराटनगर सिधाहवाई सेवा शुरुवात गर्ने निर्णय गरेको थियो ।

पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेटमा उडान गर्ने समय तालिकातय भएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

अहिले हप्तामातीनदिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरेका छौँ, उहाँले भन्नुभयो,”माग बढ्दै गएमा ठुलो जहाज र दैनिक उडान गर्ने सोच गराएका छौँ, ।

पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया तथा विदेशीलाई १ सय ३० डलर लाग्ने बुद्ध एअरले जनाएको छ ।

यसैवीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथावातावरण मन्त्री विकास लम्सालले पोखरा देखि विराटनगर उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण बर्ष २०१९—२०२२ लाई टेवापुग्ने बताउनुभएको छ ।

पर्यटकीय हिसाबले अत्यान्तै महत्वपूर्ण प्रदेशको रुपमा परिचितदुई प्रदेश गण्डकीप्रदेश र प्रदेश नं. १सिधाजहाज उडानले दुई प्रदेशको सम्बन्धलाई समेत सिधा जोडेको उहाँको भनाई रहेको छ ।

उहाँले अब गण्डकी प्रदेश—प्रदेश नंं.१ लाई नयाँपर्यटकिय प्याकेजको रुपमा विकास गरिने बताउनुभयो ।

यसअघि विराटनगर जानका लागि हवाई मार्ग प्रयोग गर्न चाहेमा पोखराबाट काठमाण्डौं गएर अनिमात्र जान सकिन्थ्यो अन्यथा सडक मार्गबाट विराटनगर जानुपर्ने बाध्यता रहको थियो ।

Facebook Comments