विधि प्रकृया र कानूनका आधारमा सरकार अघि बढ्दै–मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विधि प्रकृया एवम् ऐन कानूनका आधारमा प्रदेश सरकार अघि बढेको बताउनु भएको छ ।

गण्डकी प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिदै उहाँले सरकार जनताका आधारभूत आवश्यकता पुरा गर्नेतर्पm उन्मुख रहेको बताउनुभयो ।

आवश्यक भौतिक संरचना निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन प्रवद्र्धन, खेलकूदको विकाससंगै सुशासनको प्रत्याभूति दिन सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले सरकारले विकास र समृद्धिका लागि गोरेटो समाति सकेको बताउनुभयो ।

प्रदेश सरकार जनताको नजिकको सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले संघीयताको मर्म र भावनाका साथै जनताले अपेक्षा गरेको समृद्धि र विकासको चाहना पुरा गर्नेतर्पm सरकार उन्मुख रहेको धारणा राख्नुभयो ।

संघीय शासन प्रणाली अनुसार संघ सरकारले प्रदेशको भावनालाई मनन गरेसंगै विश्वास पलाएको बताउँदै उहाँले यसले प्रदेश सभा र सरकारको प्रभावकारीता बढेको बताउनुभयो ।

सभामा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले अन्नपूर्ण आधार शिविर अन्तर्गत पदयात्राका क्रममा बेपत्ता भएका सात जनाको खोजीको लागि हिजो २५ जना पर्वतारोहीको टोली त्यसतर्पm पठाइएको बैठकमा जानकारी दिनुभयो ।

माघको २ गते परेको हिंँउको कारण पदयात्रामा गएका तीन नेपाली र चार कोरियाली नागरिक वेपत्ता भएको स्मण गर्दै उहाँले लगातार हिउँ परेको कारण उद्धारमा कठिनाई परेको बताउनुभयो ।

पदमार्गलाई सुरक्षित बनाउने उदेश्यका साथ प्रदेश सरकारले एक करोड ५० लाखको लागतमा बिभिन्न तीन स्थानमा उद्धार केन्द्र स्थापना गर्ने तयारी गरि रहेको जानकारी गराउँदै मन्त्री चुमानले त्यसका लागि फागुन महिनाबाट कायम शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

विधेयक विधायन समितिमा पठाउन सर्वसम्मत निर्णय
शनिबार बसेको प्रदेश सभा बैठकले “गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन” गर्न बनेको विधेयक विधायन समितिमा पठाउने सर्वसम्मत निर्णय गरेको छ ।

बैठकमा सामाजिक विकास मन्त्री नरदेवी पुनले विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्वत निर्णय गरेको हो ।

यस अघि विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै प्रदेश सभा मधु अधिकारी गुरुङले दक्ष जनशक्ति विना समृद्धिको अभियान पुरा नहुने बताउँदै मानव संसादन उत्पादनमा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले मुलुकको विकास र समृद्धीका लागि दक्ष जनशक्तिको खाँचो औल्याउदै विधेयक निर्माणसंगै कार्यान्वयमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले दक्ष जनशक्ति र प्रविधिको उपयोगसंगै उत्पादन र रोजगारसंग जोडन विधेयक कोशेढुङ्गा सावित हुने बताउँदै मुलुकलाई आत्मनिर्भर बनाउन विश्व बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

छलफलमा प्रदेश सभा सदस्य हरिशरण आचार्यले मुलुकको विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य भएको उल्लेख गर्दै सुशासन पालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीका अनुसार अर्को बैठक माघ २८ गते १ बजे बन्ने छ । तस्वीर उपलव्ध छ ।

Facebook Comments