लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पुरा गरेका छाैंः सीजी टेलिकम

सीजी टेलिकमले आफूलो आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पुरा गरेको जनाएकाे छ ।

३ वर्षअघि नै सबै प्रक्रिया पुरा गरेकाे आइतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हाे ।

चौधरी ग्रुप प्रवर्द्धित सिजी टेलिकमले ३ वर्षअघि नै प्रक्रिया पुरा गर्दा पनि सरकारले लाइसेन्स दिन गरेको गुनासो गरेको छ ।

पत्रकार सम्मेलनमा चाैधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चाैधरीले सबै प्रक्रिया पुरा गरेकाे बताउँदै भ्वाइस निःशुल्क गर्ने र डाटा सेवाको मूल्य अहिलेको भन्दा आधा रकममा उपलब्ध गराउने बताउनुभयाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले २० अर्ब तिरे सीजीले युनिफाइड लाइसेन्स पाउने भनेकाेमा समेत कानुन विपरीत रहेकाे सिजीकाे ठहर छ ।

चौधरीले सरकारले लाइसेन्सका लागि राखेका पूर्वशर्त पनि सबै पुरा गरेको र तिर्नुपर्ने बक्यौता पनि एक रुपैयाँ बाँकी नरहेको दावी गर्नुभयाे ।

बास्काेटाले भने बराबरकाे रकम १० वर्षभित्र तिर्नुपर्ने प्रावधान रहेकाे पनि सिजी टेलिकमकाे जिकर छ ।

लाइसेन्स पाएमा २५ अर्ब रूपैयाँ तत्काल लगानी गर्न तयार रहेकाे चौधरी ग्रुपका प्रवक्ता तथा महाप्रवन्धक (कम्युनिकेसन र जनसम्म्पर्क) मधुसुदन पौडेलले जानकारी दिनुभयाे ।

यसले सरकारको डिजिटल नेपालको अभियानमा सघाउन पाैडेलकाे भनाइ छ । सीजीले सरकारसँग द्वन्द गर्न नभइ टेलिफाेन सेवा सञ्चालनका लागि सहज वातावरण बनाइदिन टेलिकमले अनुराेध समेत गरेकाे छ ।

Facebook Comments