पोखरेली जेठोबूढो उत्पादक किसानलाई महानगरको सहयोग

पोखरा महानगरपालिकाले बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ ।

कम्तिमा पाँच रोपनी क्षेत्रमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरलेप्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी ९० रुपैंयाका दरले आर्थिक सहयोग गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रममा बीच किसानलाई रकम वितरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिसीले स्थानीय किसानलाई सहयोग गर्दा खेतीयोग्य जग्गाको सदुपयोग हुने र स्थानीय बालीको प्रवद्र्धन हुने बताउनुभयो ।

आगामी दिनमा स्थानीय सरकारले किसानको उत्पादनको बजार ग्यारेन्टी लिने र गुणस्तरको आधारमा ब्रान्डिङ गरी रास्ट्रिय र अन्तर्रास्ट्रिय बजारमा प्रचार गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बास्नादार धानको उत्पादनमा आधारित सहयोग कार्यक्रमबाट किसानलाई सहयोग गरिएको बताउनुभयो ।

उहाँका अनुसार गत असोज २९ गतेदेखि कात्तिक २८ गतेसम्म निवेदन लिइएको र निवेदनको आधारमा बाली कटानी प्रतिवेदन तथा उत्पादनको आधारमा तथा सम्बन्धित वडाको सिफारिसमा किसानलाई सहयोग गरिएको जानकारी दिनुभयो ।

महानगरका विभिन्न वडाका समूह, सहकारी तथा फर्म गरी जम्मा ९९ वटा निवेदन परेको र १ हजार ८ सय २९ रोपनी क्षेत्रफलमाप्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानका लागि ९० का दरले आर्थिक सहयोग उपललब्ध गराइएको हो ।

उत्पादकत्व वृद्धिको आधारमा थपिँदै जाने गरी कुल ५ लाख ६० हजार ४ सय ३० रुपैंयाँ वितरण गरिएको थियो ।

सो कार्यक्रममा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले पोखरा भित्र ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको जानकारी दिनुभयो ।

मुख्य फाँटहरुमा पोखरेली जेठोबूढो रोप्ने गरिएकोमा केही वषदेखि हाइब्रिड धानहरु पनि भित्रिएकाले बास्नादार धनको संरक्षण गर्न महानगर लागि परेको वहाँको भनाई छ ।

हाइब्रिड धानको बिउमा परनिर्भर बन्नुपर्ने, बाला नलाग्ने, रोग किरा बढी लाग्ने, रासायनिक मल विषादीको प्रयोग बढी हुने कारणले गर्दा थोरै क्षेत्रफलमा खेती गर्न उपयुक्त नभएकोले स्थानीय धान मिठो भएकोे, अत्याधिक माग, दीगो उत्पादन हुने र यहाँको हावापानी सुहाउँदो भएकोले यो जातको धानको प्रवद्र्धन गर्न लागिएको उनको भनाइ छ ।

कार्यक्रममा किसान धर्म पौडेल र टेकनाथ बरालले कृषि योग्य भूमि छुट्टयाउनु पर्ने, गुणस्तरीय बिउको सुनिस्चितता हुनुपर्ने, बजारको ग्यारेन्टी, हाल आएर बास्ना कम आउँदै गएको बारेमा सरोकार वालाले सोच्नुपर्ने, माटो सुधार, प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

Facebook Comments