संविधान विपरित पानीमा पनि कर :सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले संविधान विपरीत स्थानिय तहले कर लिने गरेको बताउनुभएको छ ।

सांसद कोइरालाले गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले स्थानीय तहले संविधान विपरीत मनपरि ढंगले कर लिदा जनतामा संघियता प्रतिनै नकारात्मक धारणा आउन सक्ने बताउनुभयो ।

कोइरालाले कुनै प्रदेश वा स्थानीय तहमा उत्पादन भएका सामाग्री अन्य प्रदेश वा तहमा ढुवानी गर्दा अर्को स्थानीय तहले कर लिन नपाउने संविधानको धारा २३६मा उल्लेख भएपनि पोखराको पानी दमौली लैजादा बाटोमा पर्ने म्याग्दे गाउँपािलका लगायतले पानीमा पनि कर लिने गरेको बताउनुभयो ।

प्रति जार पानीमा ५ रुपैया कर लगाउने गरेको भन्दै कोइरालालेसंविधान विपरीतको काम रोक्न सभामुख मार्फत गण्डकी प्रदेश सरकारको ध्यानआर्कषण गराउनुभयो ।

आफ्नो क्षेत्रमा उत्पादन बाहेक अन्य तहमा उत्पादन भएका सामाग्री ढुवानीमा कर लिन नपाइने संविधानमा स्पष्ट ब्यबस्था हुदा हुदैपनि स्थानीय तहले करलिने गरेको बताउनु भयो ।

कोइरालाले यहि तरिकाले जानेहो भने पोखराबाट गोरखा सम्म पु¥याउदा पानीको मुल्य झण्डै दोब्र हुने बताउनुभयो ।

कोइरालाले सम्बन्धीत नगरपालिकामा आफुले भनेर पनि यस विषयमा ध्यानआर्कषण गराउन सक्ने भएपनि ८५ वटै स्थानीय तहमा यस्ता समस्या हुन सक्छन भन्ने लागेर संसदमै कुरा उठाएको स्पष्ट पार्नुभयो। आफुसंग प्रमाणको रुपमा बिल प्राप्त भएको भन्दै संविधान विपरित एउटै बस्तुको कर ठाउँ ठाउँमा लिनु गैर कानुनी हुने उहाँको भनाई थियो ।

बढि कर लिएको गुनासो आउना साथ जनताले नेकपालाई गाली गर्ने गरेपनि संविधान विपरीत कर लिएको म्याग्दे गाउँपालिका लगायतको नगरपालिकामा भने अधिकासं ठाँउमा काग्रेसको नेतृत्व रहेको छ ।

Facebook Comments