तनहुँको दमौलीमा १०८ फिट अग्लो व्यासमूर्ति बनाइने, महायज्ञबाट साढे तीन करोड सङ्कलन

तनहुँमा १०८ फिट अग्लो व्यासमूर्ति निर्माण गरिने भएको छ । जसका लागिजनस्तरबाट रकम सङ्कलनगर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब रु तीन करोड ५० लाख सङ्कलन भएको छ ।

व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट शुरु भएको महायज्ञबाट करिब साढे तीन करोड रकम सङ्कलनभएको हो ।

महायज्ञबाट अनुमान गरेबमोजिम नै रकम सङ्कलन भएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । “आफ्नो ठाउँको विकासकालागि स्थानीयवासी नै जागरुकभएर लाग्नुपर्छ भन्ने लक्ष्यबोकेर महायज्ञ आयोजना गरेका थियौँ”, श्रेष्ठले भन्नुभयो, “महायज्ञमा सबै क्षेत्रबाट प्रतिनिधित्वभएको महसुस भएको छ ।”

मंगलबार महायज्ञको समापनका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालको पर्यटन धार्मीक तथा सस्कृति क्षेत्रमा निर्भर रहेको चर्चा गर्दै मन्त्री लम्सालले संस्कृति विना नेपालमा पर्यटन व्यवसाय सम्भव नहुने बताउनुभयो ।

उहाँले विभिन्न जात जातिका संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै धार्मिक पर्यटनबाट समृद्धि प्राप्तगर्न सकिने बताउनुभयो ।

तनहुँको दमौलीमा १०८ फिट अग्लो व्यासमूर्ति बनाइने, महायज्ञबाट साढे तीन करोड सङ्कलन
तनहुँमा १०८ फिट अग्लो व्यासमूर्ति निर्माण गरिने भएको छ ।

जसका लागिजनस्तरबाट रकम सङ्कलनगर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब रु तीन करोड ५० लाख सङ्कलन भएको छ ।

व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट शुरु भएको महायज्ञबाट करिब साढे तीन करोड रकम सङ्कलनभएको हो ।

महायज्ञबाट अनुमान गरेबमोजिम नै रकम सङ्कलन भएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । “आफ्नो ठाउँको विकासकालागि स्थानीयवासी नै जागरुकभएर लाग्नुपर्छ भन्ने लक्ष्यबोकेर महायज्ञ आयोजना गरेका थियौँ”, श्रेष्ठले भन्नुभयो, “महायज्ञमा सबै क्षेत्रबाट प्रतिनिधित्वभएको महसुस भएको छ ।”

मंगलबार महायज्ञको समापनका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालको पर्यटन धार्मीक तथा सस्कृति क्षेत्रमा निर्भर रहेको चर्चा गर्दै मन्त्री लम्सालले संस्कृति विना नेपालमा पर्यटन व्यवसाय सम्भव नहुने बताउनुभयो ।

उहाँले विभिन्न जात जातिका संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै धार्मिक पर्यटनबाट समृद्धि प्राप्तगर्न सकिने बताउनुभयो ।

मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजनागरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलनभएको थियो ।

उक्त रकममध्ये रु १० लाखको लागतमा नमूनामूर्ति निर्माण गरिएको छ, जुनव्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

विस्तृत परियोजनाप्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागिमात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचनानिर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो ।

Facebook Comments