निर्धारित समयमा योजना सम्पन्न गर्न विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भुमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुगमन महाशाखालाई अनुगमन प्रभावकारी बनाउन र योजना निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको २६औं बैठकमा भुमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गृष्म न्यौपाने संग समितिले छलफल गर्दे मन्त्रालय अन्तरगतका योजनाहरुको सहि अनुगमन र समयमै योजनाहरु सक्ने गरि काम गर्न निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले पहिले मन्त्रालयका मन्त्री र सचिवहरुलाई मात्रै बोलाएर छलफल तथा निर्देशन दिने गरेको भएपनि अहिले भने मन्त्रालयका महाशाखा प्रमुखहरुलाई पनि बोलाएर छलफल तथा निर्देशन दिन शुरु गरेको बताउनु भयो ।

कोइरालाले महाशाखा प्रमुखहरु संग छलफल गर्दा मसिनो गरि सोही महाशाखाका बारेमा छलफल हुने भएकोले आफ्नो समिति अन्तरगतका मन्त्रालयका महाशाखा प्रमुखहरु संग आगामी दिनमा पनि छलफल गर्दे जाने बताउनु भयो ।

योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गृष्म न्यौपानेले आफ्नो महाशाखा अन्तरगतका योजना तथा अनुगमनको बारेमा समितिमा जानकारी गराएपछि समितिका सदस्यहरु इन्द्रलाल सापकोटा, जनकलाल श्रेष्ठ ,डोबाटे विश्वकर्मा,सरिता गुरुङ लगातले योजनाहरुको अनुगमन प्रभावकारी नभएको , निर्धारित समयमा योजना सम्पन हुनेमा आशंका देखिएको,मुख्यमन्त्री वातावरण मैत्री गाउँमा प्राविधिकको समस्या कीन भयो जस्ता प्रश्नहरु गर्नुभयो ।

महाशाखा प्रमुख डाक्टर न्यौपानेले मुख्यमन्त्री जलबायुमैत्री नमुना कृषि गाउँ ३६ बाट बढाएर ७२ पुर्याएको तर प्राविधिक ३६ जना मात्रै राखेकोले एउटा प्राविधिकले दुई ठाउँमा हेर्नुपर्दा समस्या भएको बताउनुभयो ।

उहाँले मन्त्रालयले मुख्य गरि मुख्यमन्त्री जलबायुमैत्री नमुना कृषि गाउँ ,कोल्ड स्टोर निर्माण र स्याउ विशेष कार्यक्रम आफुले सोझै हेर्ने गरेको र अन्य कार्यक्रम दुई दिर्नेशनालय सहित २५ वटा कार्यालय मार्फत कार्यान्वयन गर्ने गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारको कृषि उत्पादन बढाउने संगै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने,आयात रोक्ने र प्रदेशकै नमुना र उदारणीय प्रोजेक्टको रुपमा मुख्यमन्त्री जलबायुमैत्री नमुना कृषि गाउँ रहेकोले प्रतिफल आउने गरि काम गर्न समिति निर्देशन दिएको हो ।

सभापति कोइरालाले गुणस्तरीय, प्रभावकारी र पारदर्शी हुने गरि काम गर्नपनि निर्देशन दिनुभयो ।

Facebook Comments