सिलिङ्गे सहकारीकाे रक्तदानमा ४४ युनिट रगत संकलन

सिलिङ्गे कृषि उत्पादन सहकारी सस्था पोखरा –२६ ले आफनो १२ औं स्थापना दिवसका अवसरमा राखेको खुल्ला रत्तदानमा ४४ युनिट रगत संकलन भएको छ ।

स्थापना दिवसलाई तृदिवसीय कार्यक्रमका साथ मनाउन लागेको सहकारीले सुक्रवार राखेको सामाजिक उत्तरदाईत्व अन्तरगतको खुल्ला रक्तदानमा ४४ युनिट रगत संकलन भएको हो ।

२२ औं पटक रत्तदान गरेका राममणि वराललाई ब्लड ब्याग हस्तान्त्रण गर्दै गण्डकी प्रदेश विकास समितिका संयोजक दिपक कोईरालालले सहकारीहरुले उत्पादनलाई वढवा दिने खालका कार्यक्रम ल्याएर सेयर सदस्यको आय आर्जनमा बृद्धि हुने खालका योजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।

सहकारीले छरिएर रहेको पुजीलाई एकिकृत गरि कृषिमा आधारीत उद्योग धन्दा संचालन तर्फ अग्रसर हुनु पर्नेमा जोड दिदै अगामी दिनमा सहकारीहरुले पहिलाको झै पैसा बेचेर मात्र देश बिकास हुन नसक्ने ठोकुवा गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,नेपाल रेडक्रस सोसाईटी कास्की साखाका निवर्तमान अध्यक्ष बामदेव ढुगाना,वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल, वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,वडा नं २८ का निर्मल दियाली, गरिमा बिकास वैक तालचोक साखाका साखा प्रमुख सुर्य रानाभाट,डाडाकोनाक प्रहरी चौकीका प्रमुख अर्जुन रानाभाट लगाएतले रत्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।

सस्थाका अध्यक्ष शैलेन्द्रमोहन भटराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष यदुनाथ बरालले राखेका थिए भने कार्यक्रमको संचालन सचिव सुर्यप्रसाद बञ्जराले गरेका थिए ।

यसैविच सहकारीको स्थापना दिवसकै अवसर पारेर सस्थाले पोखरा २६ को भवानी कालीका माविका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको छ भने पृथ्वीराजमार्गको कालीकाचोकमा यात्रु प्रतिक्षालय निर्माण गरि समुदायलाई हस्तान्त्रण गरेको सस्थाका ब्यवस्थापक बिकास रानाभाटले जानकारी दिएका छन ।

Facebook Comments