भीरकोटमा बाँस प्रशोधन तथा वस्तु उत्पादन तालिम सम्पन्न

स्याङ्जाको भीरकोट नगरपालिकामा बाँस प्रशोधन र वस्तु उत्पादन तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रम नेपाल हस्तकला महासंघ, उद्योग परिषद् महिला उद्योग विकास समिति र भीरकोट नगरपालिकाको संयुक्त आयोजनामा भएको हो । १५ दिनसम्म भएको तालिममा बासँबाट बन्ने विभिन्न सामाग्रीहरु बनाउन सिकाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले तालिमका सहभागीहरुले उत्पादन गर्ने सम्पूर्ण सामाग्रीहरु नगरपालिकाले खरीद गर्ने बताउनुभएको छ ।

उहाँले फरक फरक डिजाइनमा बस्तु उत्पादन गरी आत्मनिर्भर हुन सहभागीहरुलाई आग्रह गर्नुभयो ।

तालिममा फोटा राख्ने फ्रेम, घरयासी सजावटका सामन, होटलमा प्रयोग हुने सामाग्रीहरु बनाउन सिकाइएको थियो ।

Facebook Comments