आयोजक सहारा क्लब उद्घाटन खेलमा विजयी

पाेखरामा शुरू भएकाे १८ औं संस्करणको आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबले ए डिभिजन क्लब बिग्रेड ब्वाईजलाई ३–२ गोलले पराजित गरेकाे छ ।

बिग्रेड ब्वाईजलाई पन्छाउँदै १८ औं संस्करणको आहा रारा गोल्डकपको क्वार्टरफाईनल यात्रा तय गरेको हाे ।

अतिरिक्त समयमा सहाराका त्रिदेव गुरुङको उत्कृष्ठ हेडिङ गोलसँगै बिग्रेड ब्वाईजको क्र्वाटरफाईनल सपना पहिलो खेलबाट विट मार्न बाध्य भएकाे हाे । सहाराले अबको खेल नेपाल पुलिस क्लबसँग भिड्ने भएकाे हाे ।

पहिलो हाफ गोलरहित टुंगिएकाेमा दाेस्राे हाफकाे ५८ औं मिनेटमा बिग्रेड ब्वाईजका तर्फबाट अफ्रिकन खेलाडी कजिम ए. बुसारीको पासमा सहाराका खेलाडीको मार्किङमा नरहेका राजेश परियारले ‘क्लिनिकल्ली फिनिसिङ’ गर्दै गाेल गरेका थिए ।

खेलकाे ६१ औं मिनेटमा सहाराले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बराबरी गोल गर्न सफल भयाे । कमल थापाले हानेको फ्रिकिकलाई अफ्रिकन खेलाडी सेई उरिचले हानेको हेडिङमा गोल भएकाे थियाे ।

खेलेकाे ७८ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै सहारालाई अग्रता दिलाए । निर्धारीत समयमा २–२ गोलको स्थितिमा टुंगिएको थियो । १५ मिनेटको खेल थप गरियो । थपिएको १५ मिनेटको पहिलो हाफ गोलरहितमा टुंगियो । दोस्रो हाफको ५ मिनेट वितेपछि सहाराले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै निर्णायक गोल निकाल्न सफल भएकाे हाे ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित गोल्डकपको शुक्रबारको खेल शसस्त्र प्रहरी बलको एपीएफ क्लब र झापा ११ वीच हुने छ ।

यसअघि प्रतियाेगिताकाे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले उद्घाटन गर्नुभएकाे थियाे ।

साे अवसरमा उहाँले खेलकूद क्षेत्रमा प्रदेश सरकारले सक्दाे सहयाेग गर्ने बताउनुभयाे ।

Facebook Comments