काेराेनालाइ देखाएर अनुचित लाभ लिन लागेकाेप्रति ध्यानाकर्षण

लेखनाथ उद्याेग वाणिज्य संघले विश्व व्यापि रुपमा फैलिएको कोरोना भाईरस काेभिड -१९ को कारणबाट छिमेकी मुलुकबाट आयात गरिने विभिन्न सामानहरु मध्ये दैनिक उपभोग्य खाधान्न सामाग्री तथा औषधी जन्य वस्तुहरु उपभोक्ताहरुले आवश्यकता भन्दा बढि खरिद गर्ने र विक्रेताहरुले पनि कृतिम अभाव देखाई अनुचित लाभ लिई विक्रि गर्ने गरेको भन्ने व्यापक जनगुनासो आएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

कोरोना भाईरसबाट विश्वका विभिन्न मुलुकहरु प्रभावित भएता पनि हालसम्म यसको असर नेपालमा नेदेखिएको जानकारी आधिकारिक निकायबाट संम्प्रेषण भईरहेको सन्दर्भमा आम जनसमुदायमा नआत्तिन, अनावश्यक भ्रममा नपर्नुहुन संघले अनुराेध गरेकाे छ ।

संघले कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि नियमित रुपमा सावुन पानीले हात धुने सरसफाईमा विशेष ध्यान दिने जस्ता सामान्य कुराबाट यसको रोकथाम सहज हुने हुंदा यी अभ्यासहरुलाई व्यवहारमा उतार्न आग्रह गरेकाे छ ।

Facebook Comments