सभापति कोइराला द्वारा कोरोना रोकथाम नियन्त्रण कोषमा सहयोग गर्ने घोषणा

गण्डकी प्रदेश सभा कास्की क्षेत्र नं १ (१) का सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा ब्यबस्थापन कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा ब्यबस्थापन गर्न गण्डकी प्रदेशमा १५करोडको कोष निर्माण गर्ने घोषणा गरे संगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

सभापति कोइरालाले विश्वभरि महामारीको रुपमा फैलिएको कोराना –कोभिड १९)को रोकथामको लागि सवैले आआफ्नो ठाउँबाट हातेमालो गर्न आबश्यक रहेको समेत बताउनुभएको छ ।

लकडाउनको पुर्णपालना गर्न सवैलाई आग्रह गर्दै उहाँले अनाबश्यक काममा घरबाहिर ननिस्कन अनुरोध गर्नुभएको छ ।

कोइरालाले रोजगारी वा बैदेशिक यात्राबाट नेपाल फर्केको भए आफ्नै घरमा भएपनि १४ दिन सम्म सेल्फ क्वारेनटाइनमा बस्न अपिल समेत गर्नुभएको छ ।

Facebook Comments