दुध विक्रि नभए पाउडर बनाएर राख्न किसानहरुलाई पन्थीको सुझाव

पोखराकै पुरानो पन्थी डेरीका सञ्चालक रेशमराज पन्थीले किसानहरुलाई सडकमा दुध नपोख्न आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको महामारीको सन्त्रासले लकडाउन पछि केही ठाँउमा दुध विक्रि नभएर किसानले दुध पोखेको खबर सार्वजनिक भए संगै पन्थीले आफुसंग दैनिक १० हजार लिटर दुधको पाउडर बनाउने मेसिन रहेको भन्दै सहकारी र किसानहरुलाई दुध नपोख्न आग्रह गर्नुभएको हो ।

लक डाउनको कारण मेसिन जडानको काम बाँकी रहेकोले स्थानीय र प्रदेश सरकारले जडान गर्ने बातावरण बनाएमा सहकारी र किसानले दुध ल्याउने र पाउडर लिएर जाने बातावरण आफुले बनाउने पन्थीको भनाई रहेको छ ।

पोखरामै भएका मिस्त्रीबाट मेसिन जडान गरेपनि दुई दिनमा मेसिन जडान हुने पन्थीले बताउनु भयो ।

दुधलाई पाउडर बनाएर राखेपछि किसानलाई दुध विक्रि भएन भन्ने समस्या नहुने पन्थीको भनाई रहेको छ ।

यसैविच गण्डकी प्रदेशका भुमिब्यबस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापामगरले किसानको दुध विक्रि नहुने समस्या भए प्रदेश भित्रका किसानलाई पाउडर दुध बनाउन ढुवानीमा सहयोग गर्न सकिने बताउनु भयो ।

पाेखरा र नवलपरासीकाे दलदलेमा समेत सहकारी र डेरीहरूले दुध बिक्री नभएपछि सडकमा पाेखेकाे समाचार सार्वजनिक भएकाे छ ।

Facebook Comments