लकडाउनको पूर्ण पालना गर्न अर्थ तथा विकास समितिका सभापति कोइरालाको आग्रह

गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।

सभापति कोइरालले आज आफ्नो फेसबुकबाट जनतालाई प्रत्यक्ष सन्देश दिदै उहाँले अत्यावस्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध पनि गर्नुभयो ।

अहिले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उहाँले बजारमा कतै कालोबजारी भए जनता दुःखमा परे सिधा आफुलाई ९८५६०२३१६१मा फोन गर्न आग्रह गर्नुभयो ।

पहिलेका विपतमा जस्तो यस पटकको विपतमा बजारमा समस्या नदेखिएको बताउदै आफ्नो समितिले लकडाउन भन्दा अगाडि बैठक बसेर समस्या आउन नदिन सम्बन्धित निकायलाई दिएको निर्देशनले काम गरेको कोइरालाको भनाई छ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण ८ लाख ६१ हजार भन्दा बढि संक्रमित र ४२ हजार भन्दा धेरैको मृत्यु भएको भन्दै कोइरालाले सवै जना सचेत रहन आग्रह गर्नुभएको छ ।

कोइरालाले अहिलेको समय कोभिड १९विरुद्ध सवै लड्नुपर्ने समय भएकोले सरकारलाई साथ दिन आग्रह गर्दे यदि कतै भष्टचार भएको भए पछि छाविन गरेर कारवाहि हुने बताउनुभएको छ ।

उपचारमा खटिनु भएका स्वास्थ्यकर्मी, फिल्डमा खट्ने सुरक्षाकर्मी प्रति आभार प्रकट गर्दै अत्याबस्यक काममा हिड्नै पर्नेलाई दुःख नदिन सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ ।

आफ्नो आबश्यकक्ता जनतामा परेमा आफुजनताको मा जान तयार रहेको तर अहिले आफु पनि घरमै बसेको उहाँको भनाई छ ।

कोइरालाले गण्डकी प्रदेश सरकार र स्थानिय सरकारहरुले अति विपन्न दैनिक ज्यालामा काम गर्ने मजदुर अपाङता भएका ब्यक्ति देनिक गुजारा चलाउन नसकेकाहरुलाई राहत दिन लागेकोले सोहि प्रकारका ब्यक्तिहरुले मात्र राहत पाउने बातावरण बनाउन पनि आग्रह गर्नुभएको छ ।

Facebook Comments