कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख ३५ हजार नाघ्यो

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर ९ लाख ३५ हजार ४ सय २० जना संक्रमित भएका छन् ।

यो भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा २ लाख १५ हजार २० जना संक्रमित भएका छन् ।

त्यस्तै इटालीमा १ लाख १० हजार ५ सय ७४, स्पेनमा १ लाख ४ हजार १ सय १८, चीनमा ८२ हजार ३ सय ८, जर्मनीमा ७७ हजार ९ सय ८१, फ्रान्समा ५६ हजार ९ सय ८९ जनामा संक्रमण भएको छ ।

त्यस्तै इरानमा ४७ हजार ५ सय ९३, बेलायतमा २९ हजार ४ सय ७४, स्वीजरल्याण्डमा १७ हजार ७ सय ६८, टर्कीमा १५ हजार ६ सय ७९, बेल्जियममा १३ हजार ९ सय ६४, नेदरल्याण्डस्मा १३२ हजार ६ सय १४, अष्ट्रियामा १० हजार ७ सय ११ जना संक्रमित भएका छन् ।

त्यस्तै दक्षिण कोरिया ९ हजार ८ सय ८७, क्यानडामा ९ हजार ७ सय ३१, पोर्चुगलमा ८ हजार २ सय ५१, ब्राजिलमा ६ हजार ९ सय ३१, इजरायलमा ६ हजार ९२, अष्टे«लियामा ५ हजार १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

कोरोना भाइरसको कारण हालसम्म विश्वभर ४७ हजार १ सय ९४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १३ हजार १ सय ५५ भएको छ ।

स्पेनमा ९ हजार ३ सय ८७, फ्रान्समा ४ हजार ३२, अमेरिकामा ५ हजार १ सय २, चीनमा ३ हजार ३ सय १२, इरानमा ३ हजार ३६, बेलायतमा २ हजार ३ सय ५२ जनाको मृत्यु भएको हो ।

त्यस्तै गरी जर्मनीमा ९ सय ३१, बेल्जियममा ८ सय २८, नेदरल्याण्डस्मा १ हजार १ सय ७३, जनाको मृत्यु भएको छ । स्वीजरल्याण्डमा ४ सय ८८ जनाको मृत्यु हुँदा स्वीडेन, ब्राजिल, पोर्चुगल, क्यानडा, अष्ट्रिया, डेनमार्क र टर्की लगायतका मुलुकहरुमा समेत मृत्यु हुनेको संख्या हरेक मुलुकमा १०० नाघेको छ ।

कोरोना भाइरसको संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

विज्ञहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको विकास गरिरहेका छन् भने हाल चालू रहेका औषधिको समेत प्रयोग गरिरहेका छन् ।

नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ४ जना उपचारको क्रममा रहेका छन् ।

Facebook Comments