नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । चैत्र ४ गते दोहाबाट काठमाण्डौं आएको कतार एअरवेज मार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

रिपोर्ट पोजेटिभ आएसँगै आवश्यक उपचार व्यवस्था मिलाई सकिएको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

सुर्खेत, धनगढी र हेटौंडामा ल्याव स्थापना भएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने कोरोना भाइरसको संक्रमण भए नभएकोबारे स्वाव परीक्षण शुरु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १०५ जना आइसोलेसनमा रहेका छन् । यसअघि कोरोना भाइरसबाट संक्रमित ४ जनासँग सम्पर्कमा रहेकाहरुको सम्पर्क स्थापित भइसकेको र संक्रमितका परिवारको पनि स्वाव परीक्षण गरिसकिएको जनाइएको छ ।

Facebook Comments