ध्यानले कम हुन्छ मनमा फैलिरहेको महामारी–कोभिड १९

विक्रम संबत २०७६ साल(२०१९डिसेम्वर)मा चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना नामक महामारीले आज बिश्वलाई आक्रान्त र भयावह बनाईरहेको बेलामा हाम्रो देश नेपाल पनि कहाँ अछुतो हुन सक्थ्यो र !
आज बैशाख १३ गते सम्म आईपुग्दा नेपालमा समेत हजारौंलाई शंकाको घेरामा पार्यो र ४९ जनामा संक्रमण पनि भएको छ ।
कोरोना भाइरस(कोभिड –१९)बाट बच्न सामाजिक दुरी कायम राख्न सरकारले २०७६ साल चैत्र ११ गते देखी सुरुहुने गरी लकडाउन(बन्दाबन्दी) घोषणा गर्नुभयो । यो बन्दाबन्दी लम्बिदै नयाँबर्ष २०७७ साल बैशाख १५ गते सम्मको लागि सरकारबाट घोषणा पनि भयो ।
यो बन्दाबन्दीले पुनःअर्को समस्या निम्ताउन थाल्यो । कति नेपालीहरुलाई होम क्वारीनटाईनमा बस्न बाध्य गराएको छ भने कयौं नेपालीहरुलाई पेट भर्नलाई नै कठिनाई आउन थालीसकेको छ, परिणाम स्वरुप ति व्यक्तिहरु १०–११ दिन लगाएर भोकभोकै हिडेरै आफ्नो गाउँ फर्कन बाध्य हुन थाले ।
समस्या यतिमा मात्र पनि रोकीएन, लाखौं नेपालीहरुको मनमा यो माहामारीले जरा गाड्न पनि उतिकै सफल भइरहेको छ । कयौं नेपालीहरुको मनमा विभिन्न डर र त्रास कतै आफुलाई पनि संक्रमण हुने पो होकि, खाध्यान्न नपुगेर अनिकाल लाग्ने पो होकि भन्ने जस्ता अनगिन्ति डर तथा त्रासहरुले निद्रा नपर्ने, मनको धडकन छिटो छिटो बढ्ने, झिजो लाग्ने, रिस उठ्ने जस्ता लक्षणहरु हामी सर्बसाधारणमा पनि देखिन थालिसकेका छन् ।
ढिलोचाँडो, शरकार, बिभीन्न सहयोगी हातहरुको सहयोग र चिकीत्कहरुको मदतबाट संक«मीतहरुलाई उपचार होला, अफ्टेरोमा परेकाहरुका लागी गाँस बास कपासको व्यवस्था होला र एक दिन बिश्वबाट नै यो माहामारीकोे उन्मुलन पनि होला यद्यपि मनभरी फैलिएका ति डर, भय, त्रास जस्ता महामारीको उन्मुलन कहिले होला भन्ने ठुलो प्रश्न हामी सबैको माझ घुमिरहेको छ ।
प्लास्टिक सर्जरी गर्ने चिकिस्कहरुले भन्नुहुन्छन्, आफुलाई सुन्दर नथान्ने मानिसहरुले अत्याधिक रकमखर्च गरी आफ्नो अनुहारको शल्यक्रिया गराउँदछन् । शल्यक्रिया सफल पनि हुँदछ यद्यपि केहि अपवाद मानिसहरु बाहेक अधिकांश मानिसहरुमा खुसी तथा आत्मविस्वासको कमि पाईने गर्दछ ।
यसको अर्थ हो बाहियतथाशारिरिक समाधान त हुन्छ तर आन्तरिक समाधान शल्यक्रियाले गराउँदो रहेनछ । त्यसैले आज हामी मनुस्यहरु माझ आईपरेको कोभिड १९ नामक महामारीले प्रभाव पारेका शारीरिक रोगको उपचार चिकित्सकहरुले बिभिन्न औषधीको माध्यमबाट अवस्य गराउनुहुनेछ तर यो महामारीले निम्ताएको मानसिक डर, त्रास, भय, रिस, तनाव जस्ता रोगको उपचारका लागी एउटै मात्र उपाय छ त्यो हो ध्यान ।
माइण्डफुलनेस बेज्ड स्ट्रेस रिडक्सन (एम बि एस आर) को संचालक डा. जोन काबेट जीन भन्नुहुन्छ, “मनमा आउने ति तनावरुपी छालहरुलाई रोक्न सक्दैनौं यद्यपि ति छालहरुलाई सफाई गर्ने कला सिक्न सक्दछौं” तसर्थ आज यो घडिमा पनि हाम्रो संक्रमित मनलाई उपचार गर्ने बिधी सिकेर उपचार गर्न सक्दछौं ।
ति उपचार बिधी भन्नु नै ध्यान हो । ध्यानको बिभिन्न अभ्यासहरु हुन्छन् ति मध्य दुईवटा बिधी अघिल्लो श्रृखलामा पस्किसकेको थिए अब बाँकीलाई यस लेख मार्फत प्रस्तुत गर्न चाहान्छु जो तल उल्लेख गरेकी छु ।
कृतज्ञ ध्यान(Gratitude Meditation)
यो कृतज्ञ ध्यान हो । दुई व्यक्ति, दुई समुदाय वा दुई राष्ट्र बीचमा घनिष्ठ र सुमधुर सम्बन्ध बिस्तार गर्नका लागी र खुद आफू र सम्पुर्ण ब्रम्हण्ड प्रति कृतज्ञ भावको बिकास गर्न प्रयोग गरिने अत्यन्त प्रभावकारी विधी हो ।
हामी आज सम्म जिवीत हुनमा हाम्रा बिभिन्न अंगको भुमिकाको कारण हामी आफै प्रति आभारी हुनका लागी, हामीहरु यहाँसम्म आईपुग्दा हामीमा यो ब्रम्हण्डको, थुप्रै व्यक्तिहरुको, श्रोत साधनहरुको, परिस्थितीहरुको तथा अन्यहरुको ठुलो भुमिका रहेको छ जसप्रति कृतज्ञताको अनुभुति गराउनका लागी र यति मात्र नभै पकृतिको नियम अनुसार सबैले दिन आएका छन् जसरी एउटा रुखले फल, सितल छाहारी, काठ ईत्यादि दिए जस्तै हामीले पनि हामीसंग भएको कार्वनडाईडअक्साईड, प्रेम, सेवा, धन, ज्ञान दिन्छौं त्यसलाई अरुले सहर्ष स्वीकार गरीदिनुहुन्छ त्यसका लागि उनीहरु प्रति आभारी हुने अवसर पनि यही कृतज्ञ ध्यानले गराउँदछ ।
यो विधीको अभ्यास कसरी गर्ने?
१)तपाई यो अभ्यास गर्नको लागीमानसीक रुपले तयार हुनुस् ।
२) शान्त कोठामा जानुस् र कुर्ची माअथवाभुँई ढाड सिधाहुने गरी कुनै पनि
ध्यानमुद्रामाबस्नुस् ।
३) लामो लामो स्वाँस तिन पल्ट फेर्नुस् , आँखालाई बिस्तारै बन्दगर्नुस् अनि
रिल्याक्स हुदै तपाईको ध्यानतपाईको स्वासप्रस्वासमाल्याउनुस् ।
४) तपाईको स्वास भित्रबाहिर भैरहेकोमा हेरीरहेको भावगर्नुस् ।
५) केहिक्षण त्यसैमाध्यानदिरहनुस् ।
६) बिस्तारै तपाईको ध्यानलाई तपाई अर्को इन्द्रियकानतर्फ लैजानुस् ।
७) बाहिरका आवाजहरुलाई होस पुर्वक सुन्नुस् ।
८) केहिक्षण त्यसैमा रहनुस् ।
९) बिस्तारै तपाईको ध्यानलाई अर्को इन्द्रिय छाला तर्फ लैजानुस् ।
१०)तपाईको छालामा आईरहेको अनुभुतीहरुलाई महसुस गर्नुस् ।
११) तपाईको स्वाँस नकको माध्यमबाट आफै भित्रबाहिर गर्दा, नाकको वरीपरी
आईरहेको तापक«मलाई महसुस गर्नुस् ।
१२) बिस्तारै तपाईको ध्यानलाई पुनः स्वासप्रस्वाँस मा नै लैजानुस् ।
१३) अवबिस्तारै होस पुर्वक दुई हातलाई नमस्ते मोडमा ल्याउनुस् ।
१४) अव कृतज्ञताको भावगर्नुस् तपाई आफै प्रतिआफ्नो अंगहरु प्रति जस्को
कारण तपाई स्वस्थ हुनुहुन्छ ।
१५) यसैगरी यो ब्रम्वान्ड प्रति, गुरुहरु प्रति, आमाबुवाप्रति, जिवनसाथी प्रति,
बच्चाहरु प्रति, सम्पुर्ण नातेदार, मित्रहरु, श्रोतसाधन, परिस्थितीलगायत सम्पुर्ण
पितृहरू प्रतिहृदय देखि कृतज्ञताको भावव्यक्तगर्नुस् ।
१६) बिस्तारै खुट्टाको औँलाहरुलाई चलाउँदै हत्केलालाई एकआपसमा रगडनुस् ।
१७) हत्केलाको तापक्रमलाई आँखामा लगी बिसर्जन गरिदिनुस् ।
१८) र बिस्तारै हत्केलालाई हेर्दै आँखालाई खोल्नुस् ।
निश्कर्ष
अन्तमा हाम्रो परिस्थिती सधैं अनुकुलन होला, अहिलेको भन्दा पनि बिसम परिस्थिती आउला यद्यपि हाम्रो मनस्थिति अनुकूल छ भने हामीले पुनःहामीले चाहेको अनुकुल स्थिति श्रृजना गर्न सकिन्छ ।
त्यसैलेपुनःएक पल्ट सम्पुर्ण मित्रहरुलाई अनुरोध गर्न चाहन्छु कि, थोरै भएपनि आफ्नो लागी समय दिउँ । व्यायाम, प्रणयाम को साथमा ध्यानको अभ्यास गर्ने बानी बसालौं ।