विकासमा अर्थ तथा विकास समितिका सभापति कोइरालाको चासो

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति तथा कास्की क्षेत्रनं १ (१)का प्रदेश सांसद दीपक कोइरालाले अनुगमनलाई निरन्तरता दिनुभएको छ ।

सभापति कोइरालाले मंगलबार आफ्नै निर्वाचन क्षेत्र बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गर्नुभएको हो ।

कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने देशकै महत्वपुर्ण ताल मध्यको वेगनास ताल पनि रहेकोले बाँध निर्माणले तालको शुन्दरतामा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को कारण निर्माण सामाग्री र मजदुर ल्याउन समस्या भए आफुले सहयोग गर्ने निर्माण कम्पनीलाई बिश्वास दिलाउनुभयो ।

अब विकासको काम गर्देजानुपर्ने भएकोले बेरोजगार भएका मजदुरहरुलाई कामगर्ने बातावरण बनाउने तर्फ सवैलाग्नु पर्नेमा जोड दिनुभयो । सुरक्षा विधि अपनाएर श्रमिकहरुलाई काममा लगाउन निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

सांसद कोइरालासंगै अनुगमनमा पुग्नुभएका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बाँध निर्माण २ करोडको लागतमा हुनलागेको बताउनु भयो ।

कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माणको काम यहि असार मसान्तसम्म सम्पन्न गर्ने लक्षरहेको उहाँको भनाई छ ।

लकडाउनको कारण केहीदिन काममा बाधा भएपनि त्यसक्षेत्रका सांसद कोइराला सहित सवैको सहयोगले निर्माण सुचारु भएको उहाँको भनाईथियो ।

बाँध निर्माणको लागि लकडाउन अगाडि खनेर राखेको बाँधकोजग बर्खा लाग्दा समेत निर्माण हुन नसकेर झन खतरा उत्पन हुनेहोकी भन्ने चिन्ता भएकोमा चारदिनदेखि काम सुचारु भएकोले अब भने जोखिम नहुने इन्जिनियर आचार्यले जनाउनुभयो ।

उक्त योजनाका इन्जिनियर मोहनराज आचार्यले २०४५ सालमा निर्माण भएको वेगानास ड्याम अहिले मर्मत तथा निर्माण भएपछि पाइपिङ हुने समस्या नआउने बताउनुभयो ।

बाँध पुरानो हुदै गएपछि विस्तारै तालको पानी बाँधबाट छिरेर बाहिर आउने (पाइपिङहुने ) आचार्यको भनाई थियो ।

अहिले भएको पुर्ननिर्माणले ड्यामको आयु बढाउनुको साथै क्षयलाई रोक्न मद्यत पुग्ने बताइएकोृ छ । सांसद कोइरालाले बेगनास ड्यामलाई पर्यटकीय आर्कषणको क्षेत्र बनाइने उल्लेख गर्नुभयाे ।

Facebook Comments