मैले देखेको जापान


मन्दिरा पराजुली
जापान

,नेपालमा स्कुल लेभलवाटै निकै सुनेको र जानेको देश हो जापान । विकसित देश, सुर्योदयको देश जापान , जापानको राजधानी टोकीयो , जापनिजहरु होचो कदका हुन्छन् , गोरो वर्णका र अनुहारको आकृति मंगोलीयन अाकारको हुन्छ , सीन्का (चपस्टीक) ले टीपेर खाना खान्छन् आदी जस्ता कुराहरु स्कुल तहवाटै जानेको कुरा हुन् ।

जापान आएपछी यहॉपनि यीनै स्कुल लेभलदेखी पढेका कुराहरु सवै उस्तै लागे । यहॉका मानीसहरु वस्ने अपार्टमेन्ट तथा घरहरु भीत्र हुने सुविधाहरु जस्तै :आधुनिक किचन , आधुनिक वाथरुम , तातोचिसो पानिको व्यवस्था , लुगाधुने मेसीन , वाथटप , टायल र पार्केटीड् गरीएका कोठाहरु भने सामान्य नै लागे किनभने यी सव कुराहरु मैले आफ्नै घर नेपालमै देखेका ,जानेका र प्रयोग गरीरहेकै कुराहरु थिए ।

नौलो कुरा त यसकुरामा लाग्यो की यहॉ राज्यले गरेको विकास र नागरीकहरुलाई दीएका सुविधाहरु । यहॉ राज्यले गरेको विकास लाई हेर्दा लाग्यो विकास गर्न वॉकी चिजनै अव के रहेछ र ? वाटो , पुल , रेलमार्ग , अन्डरग्राउन्ड वाटो , सववे , हाईवे , टनेल वे , केवलकार , हवाई संजाल सव कुरा देशभर जहॉतही पुगेको देखेर अचम्म लाग्यो । जापानका हरेक क्षेत्रमा वसोवास गर्ने नागरिकहरु राज्यको कुनैपनि विकासका कुराहरुवाट वन्चित नभएको देखेर अचम्म लाग्यो । हाम्रो देशमा केही मुख्य सहरहरुमा मात्र अलीअली विकास भएको छ त्यो पनि अत्यन्तै न्युन गुणस्तरको झन ग्रामीण क्षेत्रको त कुरा नगर्दा नै वेस होला । जहॉ अझैपनि सामान्य गाडी वा वाटो खन्नका लागी प्रयोग गर्ने डोजर हेर्नका लागी मानीसहरु लामलाग्ने स्थिति छ ।
जापानका नागरिकहरु अतिनै सरल , शान्त र अति अनुशासीत हुने रहेछन् । देशको नियम र कानुनको के वालक के वृद्ध हरेक नागरीकले हुवहु पालना गर्ने देश रहेछ जापान । यहॉ कस्ले के पेशा गर्छ भन्ने आधारमा कसैलाई ठुलो र सानो भनेर व्यवहार गर्ने चलन छैन । सवै पेशा गर्ने नागरिकहरु समान लाग्छन् । अझ गज्जवको कुरा त यसमा लाग्यो की जापानको जुनसुकै स्थानमा गएपनि यहॉका नागरीकहरुको दैनिकी , वोलीचाली , लवाईखवाई विल्कुलै समान लाग्ने जवकी हामीकहॉ मुख्य वजार क्षेत्रवाट २-४ कीलोमिटर मात्र परको समुदायमा विल्कुलै फरक जीवनशैली र वोलीचाली हुने गर्दछ ।
यहॉ सार्वजनिक स्थलहरुमा जॉदा पनि भीड़भाड़ र होहल्ला सुनिदैन कहील्यै ।सवैजना शान्त र अनुसासीत हुन्छन् मानौ की स्वचालित मेसीन जस्तै देखीन्छन् मानीसहरु । रेल स्टेसन, पसल , कार्यालय जहॉ गएपनि मानीसहरु लामवद्द भएर अत्यन्तै अनुसासीत तरीकाले आफ्नो पालो पर्खिएर वसेको देख्न पाईन्छ । यहॉ कसैलाई एकोहोरो हेरीरहने , जीस्काउने तथा अनावश्यक अरुलाई छुने धकाल्ने भन्ने कुरा कहील्यै देखीन मैले ।
यहॉको सरकारी कार्यालयमा केही कामको सीलसीलामा सेवाग्राही भएर जॉदा सरकारी कर्मचारीको काम गर्ने सैली र हामीसंग गर्ने व्यवहार त झन अतिनै स्रहानीय लाग्यो । केही कुरा वुझीएन भने यहॉका सरकारी या प्राईभेट जुनसुकै क्षेत्रका कर्मचारीले घन्टौं लगाएर हामीलाई सहयोग गर्न तत्पर रहेको देख्दा अचम्म लाग्छ ।


यहॉका सवै सरकारी तथा प्राईभेट कार्यालयहरुमा सेवा लिन जॉदा सुरुमा टोकन दीने चलन हुन्छ । आफ्नो पालो पर्खनको लागी हरेक कार्यालयहरुमा सेवाग्राहीहरुको सुविधाको लागी ठुलो हल वनाईएको हुन्छ जहॉ वस्नको लागी आरामदायक कुर्र्सीहरुको पनि व्यवस्था गरीएको हुन्छ । हलमा पालो पर्खेर वस्नेहरुलाई टीभी तथा आफ्नो पालो हेर्नको लागी नम्वर डिस्प्ले टीभी पनि राखीएको हुन्छ । यदी कोही सेवाग्राही आफ्नो पालो आउंदा पनि आईनपुगेको खन्डमा एकजना कर्मचारी सेवाग्राहीहरु वसीरहेको हलमै आएर उसको नम्वर मौखिक रुपमा सुनाईरहेका हुन्छन् र वोलाोईरहेका हुन्छन् । वीहान ९ वजे यहॉका सवै कार्यालयहरु खुल्ने गर्छन् तर कर्मचारिहरु ८ वजेनै कार्यालय पुगीसक्छन् । आफ्नो कार्यकक्ष र टेवल सरसफाई गर्ने र कामको तयारी गरेका देखीन्छन् । यहॉ कार्यालयहरुमा सहयोगी राखेको देखीदैन कहीं । यदी सेवाग्राहीले वीहान ९ वजे देखी दीउंसो ४ वजे भीत्रको समयमा टोकन लीएको छ भने उसको काम तेही दीनमानै सकाईदीनै पर्ने नीयम हुनेरहेछ यहॉ भलै राती ७-८ नै कीन नवजोस् । जहॉकी व्यक्तिको व्यक्तित्व र क्षमतालाई हेरेर ढीलो या छींटो सेवा प्रदान गर्ने परिपाटी हामीकहॉ पाईन्छ । सामान्य ग्रामीण क्षेत्रका नागरीकहरुलाई छुट्टै व्यवहार गरीन्छ । एकै दीनमा सकीने काम कयौं दीन लगाईन्छ । यो वा त्यो वहाना गरेर दुख दीने र सामान्य फाराम भर्ने कुरामा पनि अतिरिक्त पैसा असुल्नका लागी कर्मचारी र विचौलीया वीचको आपसी फाईदा कमाउन वीचौलीयाको सहयोग लिन वाध्य गराईन्छ ।के फाराम भर्न सीकाउने ज़िम्मा कर्मचारीको होईन र ?

जापानमा हरेक क्षेत्रमा नागरिकलाई उच्च प्राथमीकतामा राखीन्छ । कर्मचारी तथा कम्पनिका मालीक तथा म्यानेजरले सामान्य नागरिकलाई उच्च सम्मान र स्वागत गर्छन् । कसरी उसको काम छींटों भन्दा छिटो सकाईदीने भन्ने सकारात्मक सोचले सेवा दीईरहेको हुन्छन् । फाराममा केही कुरा भर्न नजानेको खन्डमा आफैले भरीदीन्छन् हामीकहॉ जस्तो रिसाउने , फाईलनै फालीदीने या फुर्सद छैन पछी आउनुस् भन्ने व्यवहार विल्कुल हुँदैन यहॉ । नेपालमा खाजा खाने समय हुनु अगावै कार्यालयका कर्मचारीहरु कार्यकक्ष छोडेर निस्कन्छन् तर यहॉ आलोपालो गरेर मात्र खाना खान्छन् कर्मचारीहरु ताकी सेवाग्राहीलाई असुविधा नहोस् र काम नरोकीयोस् ।

जापानमा विध्यालयहरु पनि विहान ८ वजेदेखीनै खुल्छन् । यहॉ साना साना वालवालीकाहरु लाई स्कुलसम्म पुर्याउन र लिन अभीभावकहरु गएको कहींपनि देखीदैन । साना साना वालवालीकाहरु पनि सडकको कीनारवाट हींडेर आफै स्कुल गईरहेका हुन्छन् । यहॉ सवै व्यस्त हुने भएकोले होला वालवालीकाहरु लाई घरमा अभीभावकले र स्कुलमा शिक्षकहरुले सम्पुर्ण कुरा सीकाएका हुन्छन् उनिहरुलाई । जस्तै :वाटो कसरी र कहॉबाट काट्ने , सडकमा कसरी कुन साईडवाट हींड्ने , वाटोमा कोही भेटीएमा नमस्कार गर्ने आदी ।

यहॉका साना वालवालीकाहरुपनि अती शान्त , सरल र अनुसासीत देखीन्छन् । वाटोमा हींड्दा होस् या सार्वजनिक यातायातमा भेंटीदा उनीहरु हल्ला गरेको , चर्को आवाजमा वोलेको या कसैलाई एकोहोरो नियालेर हेरेको देखींदैन ।वच्चाहरु पनि वयस्कहरु जस्तै सानैदेखी भद्र स्वभावकै देखीन्छन् । अभीभावक र शिक्षकले सीकाएको कुरा हुवहु पालना गर्छन् ।

अभीभावक अनुसासीत भयो भने वच्चाहरु पनि अनुशासीत हुन्छन् भन्ने पाठ मजाले सीक्न पाईन्छ यहॉ ।सार्वजनिक स्थल तथा पार्कहरुमा पनि सवै जना शान्त र शालीन देखीन्छन् मानीसहरु । पार्कमा लगाईएका फुलहरु छुने टीप्ने कसैले गर्दैनन् यहॉ जवकी हामीकहॉ अभीभावक नै सार्वजनिक स्थलमा हल्ला गर्ने , चर्को आवाजमा गफ गरेर वस्ने , पार्कमा भएका वोटविरुवा र फुलहरु टीप्ने जथाभावी फाल्ने गरीन्छ ।

यहॉका नागरिकहरु आफ्नो मेहनतमा विस्वास गर्छन् । हरेक नागरिकहरु देशको नियम प्रती उत्तरदायी हुन्छन् । झुट नवोल्ने , सवैसंग हॉसेर वोल्ने , सहयोगी र मिलनसार हुन्छन् यहॉका मानीसहरु । यो देख्दा सॉच्चै आनन्द लाग्नु स्वभाविक हुन्छ ।
यहॉका हरेक कुराहरुमा लोभीनु स्वभाविक हुन्छ जोकोही पनि तर , आफ्नो देशमा राज्यले आफ्ना नागरीकहरुलाई सामान्य कुराहरु पनि सुविधा दीन नसकेको देखेर अचम्म लाग्छ । वर्षों लगाएर वनाईएका केही भौतिक पुर्वाधारहरुपनि २/४ वर्ष पनि नटीक्ने वनाईन्छ तेही पनि देशको हर क्षेत्रमा पुग्ने त खोई कहीले ?????🤔🤔
५ मिनेट भीत्र हींड्दा वाटोमै लेखेको हुनाले गल्तीहरु हुनसक्छन् । कस्तो लाग्यो कृपया पढेर प्रतिक्रिया दीनुहोला !

Facebook Comments