कोरोनालाइ जित्दै कफी क्षेत्र


विश्व नै काेराेना भाइरस (काेभिड-१९) जस्तो महामारी बाट गुज्रिरहेको छ । विश्वका सबै जसो उद्योग, कलकारखाना लगायत पर्यटन क्षेत्र बन्द अवस्थामा छन् भने धेरै देशले चरम आर्थिक मन्दीको सामना गरिरहेका छन्। विभिन्न राष्ट्रहरुले आफ्नो देशमा स्वास्थ्य संकट संगै आर्थिक संकट, खाद्यान संकट तथा अन्य मानवीय संकट घोषणा गरि आफ्नो सुरक्षाको मार्ग खोजि गरिरहेका छन।

नेपाल पनि गत चैत्र ११ गते देखि पूर्ण रुपमा लकडाउनको अवस्थामा रहेको छ, अत्यावाश्यक बाहेक सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, उद्योग, पर्यटन संग सम्बन्धित सबै निकाय पूर्ण रुपमा बन्द छन् । नेपालमा पनि लकडाउन सुरु भए देखि नै अन्य क्षेत्रहरु जस्तै कृषि क्षेत्र पनि पूर्ण रुपमा प्रभावित बनेको छ, यधपि मानिसको जीवनयापन संग जोडिएको प्रमुख आधार भएकाले कृषि क्षेत्र एकमात्र बिकल्पका रुपमा अगाडि बढेको छ । विश्वमा प्रमुख नगदेबालीका रुपमा परिचित कफी क्षेत्रले महामारीका बाबजुत पनि आफुलाई अगाडि ल्याउने प्रयत्न गरेको छ ।

कफी टिप्दै

बिश्वमा पेट्रोलियम पदार्थ पछि सर्बाधिक कारोबार हुने बस्तु र प्रतिदिन २ अर्ब २५० करोड कप बिक्री हुने कफी क्षेत्र संसारका ७० भन्दा बढी कम बिकशित देशहरुको आर्थिक आम्दानीको श्रोत भित्र पर्दछ जसले धेरै रोजगारीका अवसर सृजना गरेको छ । नेपालमा वार्षिक रुपमा करिब ५३० मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएको छ भने ४२ जिल्लामा कफी खेति बिस्तार भइ ग्रामिण अर्थव्यवस्थालाइ उकास्न मद्दत गरेको छ । अन्य कृषि कर्म जस्तै कफी खेतिमा पनि नियमित रुपमा यसका क्रियाकलापहरु संचालन गर्नुपर्ने हुन्छ जसले गर्दा लकडाउनका बीचमा किनबेचका काम बाहेक फिल्डस्तरमा धेरै कामहरु नियमित भएका छन् ।

बिरूवाथैली तयार पारिदैं

विश्वमा कोरोना २०१९ डिसेम्बर महिना देखि शुरु भयो, त्यसै बेलामा नै कफीमा चिसोको कारणले कफीको पात झर्ने संगै बोट नै मर्ने समस्या देखा पर्यो । उक्त समस्या ले गण्डकी प्रदेश संगै नेपाल भरको कफीको झन्डै ६० प्रतिशत उत्पादन नोक्सान गर्नुको साथै ३ वर्ष सम्मका धेरै कफीका बोटहरुमा पूर्ण रुपमा क्षति र यस बर्ष लगाउन तयारि अवस्थामा रहेका करिब ३ लाख नर्सरी बिरुवामा क्षति पुगेको थियो । गण्डकी प्रदेशमा झन्डै प्रारम्भिक चरणमा ६ करोड रुपया भन्दा बढी क्षति पुगेको छ । मानिसमा कोरोना लाग्नु पुर्वनै कफीमा कोरोनाको जस्तै संक्रमण नेपाली कफी क्षेत्रमा देखा परेको थियो जसले नेपालमा कफी खेति गरिरहेका ३३ हजार नेपाली कफी किसानको आर्थिक पाटोमा प्रत्यक्ष असर पुर्यायो ।

कृषकलाइ वितरण गर्न तयार भएका कफी बिरुवा बोर्ड बगैंचा

बोर्ड क्षेत्रीय कार्यालयले किसानहरुलाई समस्या पहिचान गर्न र किसानलाई राहत तथा पुनस्स्थापनाका बिभिन्न कार्यक्रमहरुमा समाबेश गरि किसानको घाउमा मलंम लगाउने गरि भएको प्रयास पुनस् कोरोना कहरले गर्दा सार्थक रुपमा अगाडि बढ्न सकेन र तथापि बोर्डले आफ्ना नियमित कार्यक्रम मार्फत बिउ र बिरुवा लगायत नर्सरी जन्य सामग्रीहरु प्याकेजमा कठिन लकडाउनका बीचमा पनि उपलब्ध भएका छन् र गण्डकी प्रदेशमा मात्रै आगामी बर्षको लागि करिब ५ लाख बिरुवा उत्पादनको लक्ष्य सहित कृषकस्तरमानै नर्सरी कार्यक्रम संचालन भएका छन भने अन्य प्रदेशहरुमा पनि नर्सरी स्थापना र बिस्तारको लागि बोर्ड क्षे। कार्यलयको सक्रियतामा बिरुवा उत्पादनको लागि बिउ ब्यबस्थापन गरि पठाइएको छ र जसको आर्थिक र प्राबिधिक सहयोग भने अन्य प्रदेशमा अवस्थित बोर्ड कार्यालयलेनै गर्ने छ । त्यसै क्षति भएका सानास्बिरुवाको पुनस्रोपणका लागि प्याकेजमा कार्यक्रम संचालन गरि थोरै भएपनि मलम लगाउने काम बोर्डले गरेको छ ।

आ.ब.२०७६/०७७ मा आएको मौसमी प्रतिकूलताका कारण कफी क्षेत्रमा नराम्रो असर परे पनि कोरोना कहरवाट चाही कृषकहरुले हालसम्म व्यवस्थापकीय कठिनाइ बाहेक त्यति धेरै क्षति ब्यहोर्नु परेको छैन भने कफी क्षेत्रका उधोगी, व्यवसायी जसले मुख्य पर्यटकीय क्षेत्रमा कफी आउटलेट संचालन गरेका छन , लकडाउनले ति सबै वन्द हुदा आर्थिक क्षति पुग्नुको साथै केहि व्यक्तिको रोजगारी गुम्ने खतरा बढेको छ । किसानवाट उत्पादित कफीको बजारीकरण सुरु हुनै लाग्दा भएको लकडाउनले संकलन र बाहिर निर्यात समयमै हुन नसक्ने होकी भन्ने चिन्ता पनि अर्कोतर्फ बढेको छ, यधपि प्रसोधन पश्चात उचित चिस्यान कायम गरि भण्डार गरिएको पार्चमेन्ट कफी केहि महिना पनि भण्डारण गर्न सकिने हुनाले ब्यापारी बीचको संकलन, किनबेच र निर्यात कार्य लकडाउन लगत्तै पनि सहज गर्न सकिन्छ ।

कृषकलाइ वितरण गर्न तयार गरीएको बिउ

कृषकस्तरमा खासगरी चैत्र महिनामा कफी टिप्ने चटारो र आगमी बर्ष विरुवा तयार गर्न नर्सरी राख्ने गरि मूख्य काम गर्नुपर्ने हुन्छ भने अन्य बगैंचा व्यवस्थापन सम्बन्धि कार्यहरु जस्तो मल राख्ने, काटछाँट गर्ने लगायतका कामहरु भने कृषकहरुले स्थानीयस्तरमै गर्ने सकिने कार्यहरु पर्दछन । जलवायु प्रतिकूलताका कारण बचेका कफी बोटवाट कोरोनाको कहरका बीच पनि किसानहरुले फ्रेश चेरी टिप्ने र स्थानीयस्तर अर्थात प्रारम्भिक कफी सहकारी मार्फत प्रशोधन गरि पार्चमेन्ट तयार गर्ने वा घाममा सुकाई ड्राइ चेरी बनाउने कार्यलाई निरन्तरता दिए र अझै सम्म पनि सो कार्य जारि रहेको छ ्र चिसो वा सुख्खा प्रशोधन विधिबाट तयार भएको कफीलाई प्रारम्भिक सहकारी मार्फत संकलन गरि भण्डारण पनि गरिसकेका छन् भने सहकारी, समूहमा आवद्ध साना साना कफी कृषकहरुले स्थानीय व्यापारी मार्फत फ्रेश चेरी बिक्री गरि प्रसोधन गर्दै आएका छन।

कोरोना कहरका बिचमा आउन सक्ने प्रमुख समस्या कतै कफी नर्सरी गर्ने कृषकले समयमै बिउ उपलब्ध नहुने होकी भने चिन्ता थियो । यसै बिचमा बोर्ड क्षेत्रीय कार्यालयले सम्बन्धित जिल्लाका कफी नर्सरीकर्ताहरु संग आवश्यक समन्वय गरि कफी विस्तारको लागि २२० केजी कफीको बिउ बन्दाबंदीकै समयमा गण्डकी प्रदेश, ५ नं, प्रदेश र १ नं, प्रदेशका किसानहरुलाई बिभिन्न जिल्लाका प्रसाशन कार्यालय संगको समन्वय र सहयोगमा सम्बन्धित स्थानमानै बिउ उपलब्ध गराएको छ जसले गर्दा कृषकहरुले समयमै कफी नर्सरी कार्यक्रम संचालन गर्न पाएका छन् ।

कोरोनाले कृषि क्षेत्रलाई झनै धरासायी बनाउछ भनि त्यस प्रति सजक भएर क्षेत्रीय कार्यालय पोखराले आफ्नो बगैंचामा नियमित कार्यक्रमहरु बन्दाबन्दीमा पनि संचालन गरेको थियो, जसमा कफी बगैचा सुधार, व्यवस्थापन, कफी टिपाई तथा प्रशोधन, नर्सरी ब्याडमा बिउ राख्ने, नर्सरीको स्थापना गर्ने, यस वर्ष रोप्ने विरुवाको हार्देनिंग गर्ने लगायतका कार्यहरु सामाजिक दुरी कायम गरि निर्वाध रुपमा संचालन भैरहेका थिए ।

यो वर्ष कफीमा चिसोको कारणले धेरै क्षति पुगेको छ र अर्को तर्फ कोरोनाले गर्दा कफीको विस्तारमा गर्नुपर्ने क्रियाकलाप संचालनमा केहि बाधा उत्पन्न भएकाले यो बेलामा कफीलाई जोगाउन क्षेत्रीय कार्यालयले हदै सम्मको प्रयास गरिरहेको छ । उत्पादित कफी हालसम्म प्रसोधन भएकै स्थानमा बिक्री नहुदा सम्म सुरक्षित भण्डारण गर्न जानकारी गराइएको छ भने उत्पादक कृषक र नर्सरीकर्ताहरुलाई आफ्ना नियमित क्रियाकलाप सहज रुपमा अगाडि बढाउन सम्बन्धित जिल्ला संग समन्वय गरिरहेको अवस्था छ जसले लकडाउनमा पनि कफी कृषकहरुले उच्च मनोबलका साथ काम गरिरहेको छ ।

बोर्डले लकडाउन अझै लम्बिदै जाने र राष्ट्रिय –अन्तराष्ट्रिय बजार सुचारु तत्काल नहुने अवस्था सृजना हुन सक्ने तर्फ सचेत रहदै हाल कृषकहरुवाट उत्पादन भएको कफीको तथ्यांक संकलन गरिरहेको र बिक्री गर्न समस्या हुने बित्तिकै बोर्डले कफी व्यवसायी महासंघ संग समन्वय गरि न्युनतम मूल्य कायम गरि बिक्रीवितरणमा सहजता ल्याउने योजमामा लागिरहेको छ ।

अन्त्यमा,

कोरोना एक विश्व संकट हो, यो बेलामा विश्व जगतलाइ जस्तै नेपाललाइ पनि ठुलो समस्या निम्त्याउन सक्छ । तरपनि नेपालले यो संक्रमणकालिन अवस्थालाइ अवसरका रुपमा ढाल्न सकिने प्रशस्त आधारहरु हामीसंग छन् । कूल जनसंख्याको ६५ ५ भन्दा बढी मानिसहरु आश्रित रहेको कृषि क्षेत्रमा कायापलट गर्न सकिने अवस्था छ । खासगरी पर्यटन क्षेत्रमा परेको नराम्रो असरलाई सन्तुलित बनाउन केहि वर्ष हामीलाई पक्कै लाग्छ । त्यसले वर्तमान परिस्थिमा नेपालले गर्नुपर्ने उत्तम बिकल्पनै नगदेबालीजन्य कृषिलाइ प्रमुख रुपमा लिन सकिन्छ । कफी कफीको बिउ देखि कप सम्म धेरै मूल्य शृंखलाहरु भएकाले अन्य बालि भन्दा प्रशस्त रोजगारी सृजना गर्न सकिन्छ ।

नेपालको कुरा गर्ने हो हामी विशिष्ट श्रेणीको कफी उत्पादनको लागि हामीलाई भूगोल पनि साथ दिएको छ जसले गर्दा ८००-१६०० मिटर भएको मध्यपहाडी क्षेत्रको करिब १२ लाख हेक्टरमा कफी खेति गर्न सकिन्छ जसले गर्दा मध्य पहाडी क्षेत्रका ग्रामिण कृषकहरुको रोजगारी सृजना गर्ने प्रमुख आधार कफी खेति बन्न सक्छ ।

कोरोना महामारीले गर्दा गुम्न सक्ने बैदेशिक रोजगारलाइ व्यवस्थापन गर्न पनि मध्य पहाडी क्षेत्रमा व्यवसायिक कफी खेति प्रमुख माध्यम बन्न सक्छ । नेपाली कफीको बैदेशिक मागको त कुरै छोडौ हाम्रो उत्पादनले २ महिना पनि नपुग्ने अवस्था छ जसले गर्दा स्वदेशी माग धान्न र विदेश निर्यात गरि बैदेशिक मुद्रा आर्जन गर्न पनि कफी खेतीको विकल्प छैन । हाल सहर केन्द्रित अर्थतन्त्र ठप्प हुदा धेरै युवाहरु गाउँ गएका छन् भने धेरै युवाहरु रोजगार विहिन भएर फर्कने अवस्था छ । यहि मौकामा बषौ देखि बाँझो रहेको जग्गामा कफी खेति लगायत नगदेवालिहरुको खेति गरि खाद्यान्न उत्पादन बढाउन अग्रसर हुनु पर्दछ । यो संकट हामीले अन्य क्षेत्रको बारेमा नसोची कृषिको उत्पादन र उत्पादकत्व बढाउन तर्फ लागेमा भने अवस्य नै कोरोना संकटलाई जित्न सकिन्छ ।

Facebook Comments