१२ मुलुकमा काेराेना भाइरस(काेभिड-१९)का ३ चौथाई संक्रमित

कोरोना भाइरस(कोभिड १९)का संक्रमितको संख्या विश्वभर दिन प्रतिदिन गुणात्मक रुपमा बढिरहेको छ ।

पछिल्लो अद्यावधिक तथ्याकं अनुसार विश्वभर ५४ लाख २० हजार ५ जना कोरोना भाइरसबाट संक्रमित भेटिएकम छन् ।

१२ वटा मुलुकमा तिन चौथाई बढी संक्रमित भेटिएका छन् ।

अमेरिका, रसिया, ब्राजिल, इटाली, स्पेन, भारत, पेरु, फ्रान्स, बेलायत, भारत, टर्की र इरानमा संक्रमितको संख्या विश्वका कूल संक्रमितको तिन चौथाई संक्रमित रहेका छन् ।

ति मुलुकहरुमा कूल संक्रमितको ७४ प्रतिशत ४० लाख २० हजार १० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै ती १२ वटा मुलुकमा मृतकको संख्या ८० प्रतिशत अर्थात कूल ३ लाख ४४ हजार २९ मध्ये २ लाख ७७ हजार ९ सय ३१ जना रहेको छ ।

२० हजार संक्रमित नाघ्ने मुलुकहरुको संख्या ३६ छ भने १० हजार बढी संक्रमित हुने मुलुकको संख्या ४९ पुगेको छ ।

Facebook Comments