काेराेना संक्रमितकाे संख्या ६ सय ८ पुग्याे

नेपालमा ६ सय ८ जनामा काेराेना भाइरस(काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ ।

आइतबार बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ६ सय ८ पुगेकाे हाे ।

दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा दुई जिल्लाका गरी थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो।

बाँके जिल्लाका राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ वर्षीय युवाहरूमा कोरोना संक्रमण देखिएको छ। उनीहरू नारायणपुर भवनपुर माविको क्वारेन्टिनमा बसेकाहरू हुन्।

त्यसैगरी बर्दिया जिल्लाको बाँसगढी वडा नं. ९ निवासी एकजना २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएकाे छ ।

नेपालमा संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने ८७ जना उपचारपछि घर फर्किएका छन् ।

Facebook Comments