पाेखरामा तरकारी बाहिरी जिल्लाबाट नल्याइने

कास्की जिल्लाकाे पाेखरा महानगरपालिकाले कोरोना संक्रमण रोक्न भन्दै बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नदिने भएकाे छ ।

पोखरा महानगरपालिकाले कास्की जिल्लाभन्दा बाहिरबाट ल्याउने तरकारी तथा फलफूलमा रोक लगाउने निर्णय गरेको हाे ।

महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको शनिबार बसेको बैठकले कास्की जिल्ला भित्रका तरकारी तथा फलफूल प्रयाेग गर्ने र बाहिरबाट ल्याउने पोखरा भित्रिन नदिने निर्णय गरेको हो ।

कास्कीमा बाहिर जिल्लाबाट ल्याइने तरकारीबाट कोरोना संक्रमण फैलिने डर भएकाले यस्ताे राेक लगाउनुपरेकाे काेराेना संक्रमण राेकथाम मूल समितिले जनाएकाे छ । पछिल्लाे समय भारतबाट समेत तरकारी आइराखेकाे थियाे ।

Facebook Comments