कास्कीका व्यायाम तथा फिटनेस व्यवसायी संगठित

कास्की जिल्ला व्यायाम तथा फिटनेस व्यवसायी संघ गठन भएको छ । कास्की जिल्लाभित्र जिम हाउस तथा फिटनेस व्यवसायमा आवद्ध व्यवसायीहरुको संलग्नतामा संघको तदर्थ समिति गठन गरिएको हो ।

३१ सदस्यीय तदर्थ समितिको संयोजकमा शंकरमान उदास रहनुभएको छ भने सचिवमा बलराम सुवेदी रहनुभएको छ ।

जिम तथा फिटनेस व्यवसायीहरुवीच आपसी भाइचारा सम्बन्ध स्थापित गर्ने, व्यवसायमा आइपर्ने समस्या समाधान गर्ने, आपसी सहयोग, व्यवसायिक हकहित संरक्षण लगायतका कार्य गर्नका लागि संघ गठन गरिएको हो ।

कास्कीमा २५ वटा जिम तथा फिटनेस सेन्टर रहेका छन । संघले विश्वव्यापी महाव्याधि काेराेना संक्रमणका कारण व्यवसाय धारासायी बनेकाे सन्दर्भमा व्यवसायीहरूलाइ उचित सहयाेग गर्नका लागि समेत पहल गर्ने संघका सचिव बलराम सुवेदीले जानकारी दिनुभयाे ।

Facebook Comments