विकासमा टाेल विकास समितिले समन्वय गर्नुपर्नेमा जाेड

उत्तम पन्डित, चितवन

नगरपालिकाबाट बिनियोजित बजेट तथा ग्रामीण समस्याको बारेमा छलफल गर्न खैरहनी नगरपालिका भित्रका बिभिन्न वडाका टोल भेलाहरु भैइरहेको छ ।

खैरहनी नगरका ३ र ९ मा रहेको टुङारा समबेसी र पिपरा टोलबिकास सस्थाको भेला सामाजिक दुरी कायम गरी सम्पन्न भयो ।

नगरका अन्य स्थानको पनि भेला र छलफल भाईरहेको नगरपालिले जनाएको छ । सस्थाका अध्यक्ष लेखराज खरेलको अध्यक्षतामा सम्पन्न वडा नम्बर ३ को भेलाले गाउँ बिकासको लागी आबश्यक बिकास निर्माणका बिषय छनोट तथा छलफल गरी नगरपालिकालाई सुझाव दिन बुदागत निर्माण गरिएको सस्थाका सचिव मदन थपालियाले जानकारी दिनुभयो ।

खैरहनी ३ का वडा सदस्य उत्तम उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा बोल्दै उप्रेतीले बिकास निर्माणको योजना बनाउदा आम नागरिकको सुझाब समेटीनु पर्नेमा जोड दिनुभयो ।

गणेश दुध सहकारी सस्थाका अध्यक्ष गजेन्द्र सुबेदीले योजना छनोट गर्दा प्राथमिकतालाई आधार मान्नु पर्ने बताउनु भयो । स्थानिय समाजसेबी बिराट लामाले बिकास निर्माणको योजना बनाउदा गतबर्षको अनुभबको आधारमा काम गर्नु पर्ने धारणा राख्नु भयो ।

अमृतधारापानी सामुदायिक बन उपभोता समितीका उपाध्यक्ष कुमार खड्काले बजेटको योजना बनाउदा पछि बिबाद नआऊने गरी निर्णय गर्नु पर्ने जोड दिनुभयो । राममन्दिर समितीका अध्यक्षले योजना छफल गर्दा दिगो बिकासका योजनाहरु चयन गर्नु पर्ने बताउनु भयो ।

यसैबिच टुङारा समबेसी टोलबिकास सस्थाले टोलका समुदाय सँग समन्वयकारी भुमीका खेल्न नसकेको गुनासो आएको छ ।

सार्वजनिक चासोको महत्तोपूर्ण बिषय तल्लो तहका आमनागरिकलाई जानकारी नदिएको पाइएको छ । गाउँकै गौरबको बिषयमा छलफल हुँदा एकलौटी निर्णय हुने गरेको स्थानीयको गुनासो छ । बिहीवार सम्पन्न भेला टोलकै हुनु पर्नेमा सस्थाको कार्यसमितीको बैठक जस्तो मात्रै देखिएकोले सो गुनासो आएको हो ।

बजेट सम्बधी छलफल भ्एकोकोले महिला ,आदीबासी ,जनजाती ,दलित लगायतको सहभागिता हुनु पर्ने प्राबधान रहेको छ ।

यस बिषयमा खैरहनी ३ का अध्यक्ष पूर्णबहादुर गुरुङले भने टोल बिकास सस्थाले टोल् भेला गरेर मात्र निर्णय गर्नु पर्ने जोड दिनुभयो । कुनै कारणले भेलामा छुटेको खन्डमा अफुलाई लागेको बिषय नागरिक आँफैले पनि वडा कार्यलयमा निबेदन दिन सक्ने वडा कार्यलले जनाएको छ ।

यस बिषयमा टोलबिकास सस्थाका अध्यक्ष लेखराज खरेलसँग बुझदा उहाले आफूले खैरहनी ३ का वडा सदस्यकै रहोभरमा छलफल गरेको र कोरोनाको जोखिमले गर्दा सबैजनाको भेला गर्न गाह्रो भएको प्रकास पार्नुभयो ।

अघिल्ला बर्ष भन्दा सहभागिको संख्यामा कमी आएको साँचो भ्ए पनि सस्थाले टोलकै हित हुने निर्णय गरेको र सो कुराको जानकारी कुनै न कुनै रुपमा आम नागरिकमा हुने भ्एकोले चिन्ता लिनु नपर्ने बताउनुभयो ।

खैरहनीकै ९ का वडा सदस्य बन्धुराम चौधरीको प्रमुख आतिथ्यतामा पिपरा टोल बिकास संस्थाको भेला पनि सम्पन्न भएको छ ।

भेलामा टोल बिकास संस्थाका उपाध्यक्ष नारायण भण्डारी , सचिव शिव प्रसाद उप्रेती , बुधाई महत्तो ,परमानन्द कंडेल,पत्रकार प्रदिप घिमिरे लगायतले बोल्नुभएको थियो ।

भेलामा बोल्दै प्रमुख अतिथी चौधरीले आफ्नो वडाका समस्याका बिषयमा आफु सदैव नजिक रहेको भन्दै समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

भेलाले टोलको समस्याका बिषयमा छलफल गर्दै योजना निर्माण गर्दा दिगो बिकासका योजना हरु चयन सहित निर्माणका समयमा अनुगमन गर्नुपर्ने ,प्राप्त बजेट फ्रिज हुन नदिन टोल भित्रका सबै नागरीक सचेत हुने बिषयमा समेत छलफल भएको अध्यक्ष बिमल रेग्मिीले जानकारी दिनुभयो ।

समय अनुकुल हेरी अरु वडाका टोल बिकास सस्थाले पनि छलफल गरिरहेको खैरहनी नगरपालिकाले जनाएको छ ।

Facebook Comments