व्यायामशाला सञ्चालन गर्न दिन व्यायाम व्यवसायी संघकाे माग

व्यायाम व्यवसायी संघले कोरोना भाइरस(कोभिड १९)को महामारीकै वीच पनि आवश्यक सुरक्षा विधि अपनाएर आफ्ना व्यवसाय संचालन गर्न दिन माग गरेको छ ।

संघले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी व्यवसाय संचालन गर्ने प्रतिबद्धता जनाएको हो ।

संघले पुराना र आफ्नो व्यायामशाला नजिककालाई मात्र प्रवेश दिने, सावुन पानीले हात धुने, स्यानीटाइजरको प्रयोगको व्यवस्था मिलाउने संघको प्रतिबद्धतम छ ।

आवश्यक मापदण्ड पुर्याएर व्यायामशालाहरु सञ्चालन गर्न दिन माग गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाइएको संघका सचिव बलराम सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय समक्ष पनि प्रतिबद्धता सहित व्यायामशाला सञ्चालनका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।

Facebook Comments