स्याङ्जाको भीरकोटमा कोइरालाले विकास गरे बादर भगाउने प्रविधि

हिजो आज देशै भरि बादर आतङकका समाचार आइरहेका छन् । कतै बादरले किसानलाई सताउन सम्म सताएको त कतै बादरकै कारण बसाई सराई समेत गर्नुपर्ने अवस्था आइरहेका बेला किसानको लागि शुभन्युज प्राप्त भएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका वडानं ७ निवासी भविश्वर कोइरालाले वातावरणलाई कुनै प्रभाव नपारी बादर भगाउने प्रविधि विकास गर्नुभएको छ ।

कोइरालाले पहिलो पटक पिभिसी पाइमा कार्वाइड प्रयोग गरि ग्यास निकाली उक्त ग्याँसलाई ग्याँस लाइटरको प्रयोगले ठुलो ध्वनी निकाली पड्काउन थालेपछि अहिले भीरकोटका किसानलाई बादर समस्याबाट हालको लागि मुक्ति मिलेको भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताउनु भएको छ । हिजो आज उक्त नयाँ प्रविधिवारे देशका अन्य ठाउँका किसानहरुले पनि चासो राख्न थालेको बताइएको छ

Facebook Comments