जनभावना अनुसार काम नगरे जनताले कालाेमाेसाे लाउँछनः सांसद बराल

गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले विकासकाे जिम्मा लिने निर्माण कम्पनी र सराेकारवाला सरकारी कर्मचारीले जनताकाे पिर मर्कालाई समेत ध्यानमा दिएर काम गर्नुपर्ने बताउनुभएकाे छ ।

पोखरा २५ हेमजा स्थित मध्य पहाडी लोकमार्गमा पर्ने हेमजा सडक खण्डको अवलाेकनका क्रममा सांसद बरालले जनतालाई पुगेकाे असुविधालाई ध्यान नदिएमा जनताले कालोमोसो लगाउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन अनुराेध गर्नुभयाे ।

पोखरा २५ हेमजा स्थित मध्य पहाडी लोकमार्गमा पर्ने हेमजा सडक खण्ड हिलाम्मे भएपछि स्थानीयले विराेध गरेका छन् । उक्त मार्ग राज्यकै गौरवकाे योजना भएकाले गुणस्तरलाई ख्याल गरी जनतालाइ समेत अफ्टेराे नपर्ने गरी काम गर्नुपर्ने सांसद बरालकाे भनाइ छ ।

शर्मा एण्ड कम्पनी, स्वच्छन्द/एलिट जे.भि. कम्पनीले मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा सडक खण्डको करिब १२ किलोमिटर सडक निर्माणको जिम्मा लिएको छ ।

कम्पनीले गुणस्तरमा ध्यान नदिएको भन्दै स्थानीय नागरिककाे गुनासाे रहेकाले जनभावनाकाे कदर गर्न निर्माण कम्पनी र सरकारी प्राविधिकलाइ सांसद बरालले अनुराेध गर्नुभयाे ।

सडक निर्माणमा गुणस्तरमा ध्यान दिइएकाे छैन भने साे सडक हिलाम्मे भएकाले उक्त सडकमा सवारी संचालनका लागि समेत कठिनाइ भएकाे छ ।

नालाको राम्रो निकास नभएको, शाखा बाटो मर्मत संहार नहुँदा अावत जावातमा कठिनाइ भएको लगायतका समस्या उत्पन्न भएको स्थानियकाे गुनासाे छ ।

याम्दी देखि नयाँपुल र सुइखेत देखि घट्टेखोलासम्म दोहोरो नाला सहितको ६/६ किलोमिटरमा ६ लेनको सडक निर्माणको कार्य हाल ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएकाे छ ।

मध्य पहाडी लोकमार्ग परियोजनाका इन्जिनियर अनन्त बरालले सरकारी मापदण्ड अनुसार कामको रेखदेख आफुहरुले गर्ने बताउनुभयाे ।

Facebook Comments